बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले ठगी गर्ने सहकारीहरुलाई कानुनअनुसार कारबाही गर्छ : मन्त्री श्रेष्ठ

बिहीबार, २८ असार २०८०, १३ : ३९
बिहीबार, २८ असार २०८०

काठमाडौँ ।  भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगी गर्ने सहकारीहरुलार्ई कानुन अनुसार कारबाही गरिने बताएकी छन् ।

बिहीबार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएकी हुन् । उनले सरकारले ठगी गर्ने सहकारीहरूको अनुगमन र जाँचबुझ गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया जारी रहेको बताइन् । मन्त्री श्रेष्ठले भनिन्– ‘सहकारी ठगी गर्नेलाई प्रचलित कानुन बमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौँ ।’ 

उनले सरकारले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब गरिब परिचय पत्र वितरण कार्य सम्पन्न भएको बताइन् । उनले १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरूको तथ्याङ्क विश्लेषण गर्ने कार्य भइरहेको बताइन् । 

‘मन्त्रालयले हालसम्म ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब गरिब परिचयपत्र वितरण कार्य सम्पन्न भएको छ भने १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरूको तथ्याङ्क विश्लेषण गर्ने कार्य भइरहेको छ’ उनले भनिन्, ‘आर्थिक वर्ष २०८०÷८१ भित्र सबै जिल्लामा गरी गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गर्ने गरी कार्यक्रम अघि बढाउने ब्यहोरा जानकारी गराउन चाहन्छु ।’

मन्त्री श्रेष्ठले  आर्थिक वर्ष २०८०/८१ भित्र सबै जिल्लामा गरी गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गरिसक्ने बताइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप