सरकारले ठगी गर्ने सहकारीहरुलाई कानुनअनुसार कारबाही गर्छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगी गर्ने सहकारीहरुलार्ई कानुन अनुसार कारबाही गरिने बताएकी छन् ।
बिहीबार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएकी हुन् । उनले सरकारले ठगी गर्ने सहकारीहरूको अनुगमन र जाँचबुझ गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया जारी रहेको बताइन् । मन्त्री श्रेष्ठले भनिन्– ‘सहकारी ठगी गर्नेलाई प्रचलित कानुन बमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौँ ।’
उनले सरकारले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब गरिब परिचय पत्र वितरण कार्य सम्पन्न भएको बताइन् । उनले १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरूको तथ्याङ्क विश्लेषण गर्ने कार्य भइरहेको बताइन् ।
‘मन्त्रालयले हालसम्म ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब गरिब परिचयपत्र वितरण कार्य सम्पन्न भएको छ भने १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरूको तथ्याङ्क विश्लेषण गर्ने कार्य भइरहेको छ’ उनले भनिन्, ‘आर्थिक वर्ष २०८०÷८१ भित्र सबै जिल्लामा गरी गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गर्ने गरी कार्यक्रम अघि बढाउने ब्यहोरा जानकारी गराउन चाहन्छु ।’
मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ भित्र सबै जिल्लामा गरी गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गरिसक्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण