सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

‘हात्तीछाप’मा यस्तो लुक्समा देखिँदै छन् सौगात

बिहीबार, २८ असार २०८०, १४ : ५६
बिहीबार, २८ असार २०८०

काठमाडौँ । असारको २४ गतेबाट छायाङ्कन सुरु भएको फिल्म हो ‘हात्तीछाप’ । ‘हात्तीछाप’ को सेटबाट अभिनेता सौगात मल्लको पेन्टिङ लुक्स सार्वजनिक भएको छ । निर्माण पक्षले उपलब्ध गराएको तस्बिरमा उनी भित्तामा टाँसिएको पेन्टिङमा राजाको गेटअपमा देखिएका छन् । शिरमा शिरपेच, कम्मरमा खुकुरी र हातमा तरबार लिएका उनको गेटअपले पृथ्वीनारायण शाहको झल्को दिन्छ । सौगातको लुक्सले फिल्मप्रति दर्शकमा कौतुहलता र चासो बढाउन सक्नेछ ।

उनको यो लुक्स अहिले सम्मकै भिन्न हो । फिल्म छायाङ्कनको पहिलो दिन फिल्मका मुख्य अभिनेता दयाहाङ राई गाडीको ग्यारेजमा भेटिएका थिए । फिल्ममा उनी मेकानिकको भूमिकामा हुनसक्ने आकलन गरिएको छ ।  निर्माता किरण नेपालीले सौगात मल्ल र उपासनासिंह ठकुरी बिहीबारदेखि फिल्मको सेटमा जोडिएको जानकारी दिए । फिल्मका निर्देशक सिमोस सुनुवार हुन् । उनी ‘झ्यानाकुटी’ पछि निर्देशनमा फर्किएका हुन् । फिल्ममा प्रदीप भारद्वाजको लेखन र सुशान्त प्रजापतिको छायाङ्कन रहेको फिल्म सामाजिक कथावस्तुमा बनिरहेको छ । 

फिल्ममा बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, विल्सन विक्रम राई, कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रवीन्द्र झा, रियर राई, सुष्मा निरौला लगायतको अभिनय रहनेछ । साउनभित्र छायाङ्कन पूरा गरेर फिल्मलाई आगामी तिहारमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप