साउन ६ देखि मणिपाल अस्पतालमा डाक्टर, नर्स र विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप
आगामी साउन ६ गतेदेखि पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सले करिब आठ सय विद्यार्थी, डाक्टर तथा नर्सलाई तीन हप्तासम्मका लागि अतिरिक्त क्रियाकलाप आयोजना गर्ने भएको छ ।
चिकित्सा विज्ञानमा अध्ययन गरिरहेका तथा दैनिक बिरामी चेकजाँचमा व्यस्त रहेका डाक्टर, नर्सलाई ‘रिफ्रेस’ गराउन कलेजपरिसरकै सभाहल, फुटबल तथा बास्केटबल मैदानमा विभिन्न प्रतियोगिता आयोजना गर्न लागिएको हो । कलेजका निर्देशक डा अभिषेक मास्केले यसबाट उनीहरूमा नयाँ ऊर्जा प्राप्त भई काम र पठनपाठनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार विगतमा बर्सेनि यस्ता कार्यक्रम हुँदै आए पनि कोराना भाइरसको संक्रमणका कारण सन् २०१९ देखि रोकिएको थियो । त्यसपछि भने पहिलोपटक कार्यक्रम आयोजना हुन लागेको उनको भनाइ छ । यस्तो कार्यक्रमबाट पठनपाठन र अस्पतालबाट प्रवाह हुने सेवामा भने कुनै असर नपर्ने निर्देशक डा मास्केको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण