मालिकको ५ करोड मूल्य बराबरको बहुमूल्य सामान चोरेर नेपाली सुरक्षाकर्मी फरार

भारतका एक व्यापारीको ५ करोड मूल्य बराबरको सामान चोरेर नेपाली सुरक्षाकर्मी फरार भएका छन् ।
भारतको सेकुन्देराबादस्थित रामगोपालपेटका बासिन्दा राहुल गोयलले कमल नामका नेपालीलाई सुरक्षाकर्मीको रूपमा आफ्नो घरमा काम दिएका थिए । कमल र उनको पूरा परिवार राहुलको बङ्गलामै रहेको सर्भेन्ट क्वार्टरमा बस्थे ।
आइतबार बिहान राहुल र उनका परिवार एउटा पारिवारिक कार्यक्रमका लागि सहर बाहिरको उनीहरूको फार्म हाउसमा गएका थिए । यो परिवार बुधवार बेलुका मात्रै घर फर्कियो । घर आउँदा उनीहरुले सुरक्षाकर्मी र उनको परिवार कसैलाई पनि देखेनन् ।
‘राहुल घरभित्र जाँदा बेडरुमको कपबोर्ड भित्रका सामान चोरी भएको पाए । उनको दाबी अनुसार ४९ लाख नगद, चार केजी सुन, १० केजी चाँदी चोरी भएको छ । मुख्य सन्दिग्ध ती सुरक्षाकर्मी र उनको परिवार हो,’ स्टेसन आवर अफिसर जी लिङ्गेश्वर रावले भने ।
प्रहरीले कमल र उनको परिवारलाई पक्राउ गर्न विशेष दल गठन गरेको छ । ‘घटनामा कमल नै संलग्न हुन् वा अरू व्यक्ति भनेर पनि अनुसन्धान भइरहेको छ । त्यसैले हामीले उनीहरूको खोजी कार्य सुरु गरेका छौँ,’ प्रहरी अधिकारी रावले भने ।
प्रहरीका अनुसार कमलका केही आफन्तलाई मुम्बईमा पक्राउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
-
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
-
जसपा नेपालको संगठन निर्माण अभियानको समय थप
-
चर्चित उपन्यासकार रुश्दीमाथि सांघातिक हमला गर्नेलाई २५ वर्षको जेल सजाय
-
क्लबमा आक्रमणको आरोप, गायक क्रिस ब्राउन हिरासतमा
-
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री