मालिकको ५ करोड मूल्य बराबरको बहुमूल्य सामान चोरेर नेपाली सुरक्षाकर्मी फरार
भारतका एक व्यापारीको ५ करोड मूल्य बराबरको सामान चोरेर नेपाली सुरक्षाकर्मी फरार भएका छन् ।
भारतको सेकुन्देराबादस्थित रामगोपालपेटका बासिन्दा राहुल गोयलले कमल नामका नेपालीलाई सुरक्षाकर्मीको रूपमा आफ्नो घरमा काम दिएका थिए । कमल र उनको पूरा परिवार राहुलको बङ्गलामै रहेको सर्भेन्ट क्वार्टरमा बस्थे ।
आइतबार बिहान राहुल र उनका परिवार एउटा पारिवारिक कार्यक्रमका लागि सहर बाहिरको उनीहरूको फार्म हाउसमा गएका थिए । यो परिवार बुधवार बेलुका मात्रै घर फर्कियो । घर आउँदा उनीहरुले सुरक्षाकर्मी र उनको परिवार कसैलाई पनि देखेनन् ।
‘राहुल घरभित्र जाँदा बेडरुमको कपबोर्ड भित्रका सामान चोरी भएको पाए । उनको दाबी अनुसार ४९ लाख नगद, चार केजी सुन, १० केजी चाँदी चोरी भएको छ । मुख्य सन्दिग्ध ती सुरक्षाकर्मी र उनको परिवार हो,’ स्टेसन आवर अफिसर जी लिङ्गेश्वर रावले भने ।
प्रहरीले कमल र उनको परिवारलाई पक्राउ गर्न विशेष दल गठन गरेको छ । ‘घटनामा कमल नै संलग्न हुन् वा अरू व्यक्ति भनेर पनि अनुसन्धान भइरहेको छ । त्यसैले हामीले उनीहरूको खोजी कार्य सुरु गरेका छौँ,’ प्रहरी अधिकारी रावले भने ।
प्रहरीका अनुसार कमलका केही आफन्तलाई मुम्बईमा पक्राउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण