सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
नवीन राप्रपा कार्ययोजना सार्वजनिक

एक वर्षमा सदस्य संख्या दुई लाख पुर्‍याउने, प्राइमरीबाट ५० प्रतिशत उम्मेदवार छनौट

बिहीबार, २८ असार २०८०, १६ : ३७
बिहीबार, २८ असार २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  नवीन राप्रपा कार्ययोजना सार्वजनिक गरेको छ । बिहीबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकार सम्मेलनमार्फत पार्टीको नवीन कार्ययोजना सार्वजनिक गरेका हुन् । केन्द्रीय कार्य समितिको बैठक गत १, २, ३ मा संसोधन सहित पारित राजनीतिक कार्यपत्र तथा  विभिन्न समयमा बसेको कार्य सम्पादन समिति र पदाधिकारीहरूको बैठकले तयार गरेको कार्ययोजना २०८० अन्तर्गत आगामी कार्यक्रम घोषणा गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । 

जसअनुसार राप्रपाले एक वर्षभित्र पार्टीको सदस्य संख्या २ लाख पुर्‍याउने लक्ष्य लिएको छ । यस्तै पार्टीले आगामी दिनमा विभिन्न तहमा उम्मेदवार बनाउँदा ५० प्रतिशत प्राइमरी छनौट प्रक्रिया अपनाउने जनाएको छ । 

यस्तो छ राप्रपाको नवीन कार्ययोजना-

● ६ महिना भित्रमा पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गरिनेछ।
● पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तिमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्य ४० वर्षसम्मका युवाहरूको प्रतिनिधित्व गराईनेछ।
● पार्टीले आगामी दिनमा विभिन्न तहमा उम्मेद्वार बनाउँदा ५० प्रतिशत प्राइमरी छनौट प्रक्रिया अपनाइनेछ।
● केन्द्र, प्रदेश, जिल्ला स्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू समेत गरेर करिब ९०० जना नेताहरूलाई एकैसाथ संगठन बिस्तारका लागि भूगोल केन्द्रीत जिम्मेवारी प्रदान गरिएको छ।
● एकैसाथ ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडा तथा प्रवासमा समेत यो जिम्मेवारी तोकिएको छ। यसरी भूगोलमा जिम्मेवारी प्राप्त नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म तोकिए अनुसारको संगठन बिस्तार र सुदृढिकरणका काम गर्नुपर्नेछ।
● यस अन्तर्गत राजसंस्था, हिन्दुराष्ट्र र संघीयता सम्बन्धित पार्टीको अवधारणालाई जनसमक्ष पुर्याउने।
● भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने
● पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने।
● स्थानीय पार्टी कार्यकर्तालाई सामाजिक क्रियाकलापमा परिचालन गरिनेछ।
● यसरी भूगोल केन्द्रीत विशेष जिम्मेवारी अन्तर्गत अध्यक्ष राजेन्द्र लिङदेन धरान उपमहानगर पालिका, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव प्रधान, रोशन कार्की,हेमजंग गुरुङ,मुकुन्दश्याम गिरी,उद्धव पौडेल क्रमश.....
● तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदिए जिम्मेवारीबाट मुक्त हुनेछन्।
● भूगोल केन्द्रीत जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विधुतीय माध्यमबाट सचिवालयमा नियमित रूपमा पेश गर्नुपर्ने।
● राप्रपामा अब काम नगरि नेता हुन नपाईने ब्यवस्था मिलाइएको छ।
● भूगोल केन्द्रीत जिम्मेवारीमा रहेका नेता तथा विभिन्न तहका कार्यसमितिका क्रियाकलापको समन्वय तथा अनुगमनका लागि सातवटै प्रदेशमा संयोजक तथा सह संयोजकको व्यवस्था मिलाइएको छ।
● अबबाट विधुतीय माध्यमबाटै साधारण, सक्रिय सदस्य बन्न साथै आर्थिक सहयोग पनि गर्न सकिनेछ ।
● एकवर्ष भित्रमा सक्रिय सदस्य संख्या दुई लाख पुर्याइनेछ।
● ६ महिना भित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गरिनेछ।
● सरकारी वेतनधारीहरूको भातृ संगठनलाई शुभेच्छुक संगठनमा परिणत गरिनेछ।
● विद्यार्थी संगठनलाई राजनीतिक कम शैक्षिक बढि क्रियाकलापमा संलग्न गराइनेछ। मूलतः विश्वविद्यालयमा गैरराजनीतिक संगठनका रूपमा क्रियाशील रहनेछ।
● जिम्मेवारीमा रहेका सबैका लागि १बाट ३ सदस्यता अभियान सञ्चालन गर्ने।
● माथिका सबै क्रियाकलाप ६ महिना पछिपनि निरन्तर रहनेछ।
● ६ महिनापछि भूगोलको जिम्मेवारी भने हेरफेर हुनेछ।
● माथिको ६ महिने क्रियाकलाप सम्पन्न भएपछि जनजिविकाका सवाल तथा मान्यता स्थापना उद्देश्यका लागि जनदवाव सिर्जनाका लागि क्रियाकलापहरू अगाडि बढाइनेछ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप