मेडिकल काउन्सिलको सर्भर ३ दिन बन्द हुने
बिहीबार, २८ असार २०८०, १८ : ४६
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको सर्भर ३ दिन बन्द हुने भएको छ । काउन्सिलले सर्भर स्थानान्तरण गर्ने भएकाले ३ दिन बन्द हुने भएको हो ।
बिहीबार सूचना जारी गरी काउन्सिलले सर्भर स्थानान्तरण तथा अद्यावधिक गर्दा तीन दिन बन्द हुने बताएको छ ।
सर्भर स्थानान्तरण तथा अद्यावधिकका लागि असार २९, ३० र ३१ गते बन्द हुने काउन्सिलका रजिष्टार डा.कृष्ण प्रसाद अधिकारीले बताए ।
‘यस काउन्सिलबाट प्रदान गरिने सबै प्रकारका अनलाइन सेवाहरू बन्द हुने ब्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ । यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौ,’ काउन्सिलको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण