पुटिनले युक्रेनमा युद्ध हारेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी
बिहीबार, २८ असार २०८०, २१ : २५
हेलसिन्की । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध हारेको र रुससँग स्रोतको अभाव रहेको साथै आर्थिक सङ्कटमा परेको बताएका छन् ।
नर्डिक नेताहरूसँगको वार्तापछि हेलसिन्कीमा आयोजित पत्रकार सम्मेलनमा बाइडेनले भने, “पुटिनले युद्ध हारेका छन् । उनले युक्रेनको युद्ध जित्ने कुनै सम्भावना छैन ।”
युक्रेनी जवाफी हमलाले रूसलाई युद्ध अन्त्य गर्न वार्ताका लागि दवाव दिन सक्ने बाइडेनले बताए ।
“युक्रेनले आफ्नो आक्रमणमा महत्वपूर्ण प्रगति गरेको छ र यसले वार्ताको माध्यमबाट समाधान निकाल्नेछ भन्ने मेरो आशा र विश्वास छ,” बाइडेनले पत्रकारहरूसँगको कुराकानीमा भने ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पलाल स्मृति दिवस मनाइँदै
-
कर्णालीमा सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन
-
आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण