अमेरिकी सहायक विदेशमन्त्री काठमाडौँमा (तस्बिरहरु)
काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँ आइपुगेका छन् । सहायक विदेशमन्त्री लु नेपालको एक दिवसीय भ्रमणका क्रममा शुक्रबार काठमाडौँ आइपुगेका हुन् ।
सहायक विदेशमन्त्री लुले आजै साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । त्यसअघि उनले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्नेछन् ।
डोनाल्ड केही दिनदेखि भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा निस्केका छन् । सोही क्रममा उनी नेपाल भ्रमणमा आएका हुन् । नेपालका लागि उनको यो तेस्रो भ्रमण हो । यसअघि उनी २०७९ साउन १२ गते तीन दिने नेपाल भ्रमणमा आएका थिए ।
संसदमा एसपीपीको विवाद चलिरहेको बेला उनले नेपाल भ्रमण गरेका थिए । त्यसबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री नारायण खड्कालगायतका अधिकारीलाई भेटेका थिए । पहिलोपटक उनी २०७८ मंसिरमा नेपाल आएका थिए । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_5IsWO4wTWi.jpg)
_zacYMXKVOp.jpg)
_gGW3QfpJKK.jpg)
_pJb1klezxO.jpg)
_uhhgIBduGt.jpg)
_Fr1PJLlmHx.jpg)
_Ep2Th2IFna.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण