भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने प्रधानमन्त्रीलाई समातियोस् : अमरेशकुमार सिंह
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नक्कली शरणार्थी प्रकरणमा निर्णय गर्नेलाई नसमातिएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् । उनले मन्त्रीपरिषदबाट निर्णय गर्ने प्रधानमन्त्रीलाई समात्नुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सन्देश शर्माको अडियो सोही व्यक्तिको रहेको भनेर प्रहरीले प्रमाणित गरेपनि त्यसमा किन कारबाही गरिएन भन्दै प्रश्न गरे ।
उनले शारदा प्रसाद त्रिताल आयोगको प्रतिवेदन रहेको बताउँदै सो प्रतिवेदन किन सार्वजनिक गरिएन भन्दै प्रश्न गरेका छन् ।
उनले भने–‘किन सार्वजनिक गरिएन भने त्यसमा नेताहरुको नाम छ, त्यसकार त्रिताल आयोगको प्रतिवेदन सार्वजनिक गरिएन । त्यसको बाबजुतपनि अर्को छानबिन समिति गठन भएको थियो पूर्व न्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा । त्यसले पनि भूमिसुधार मन्त्रालयमा ३३ वटा प्रतिवेदन दिएको छ । सबै ठाउँमा नेताहरुको संलग्नतामा सरकारी जग्गा र गुठीको जग्गा मिचिएको छ र त्यो रिर्पोटलाई पनि कार्पेटमुनी लुकाइएको छ । साँच्चै सरकार भ्रष्टाचारविरुद्ध संवेदनशील छ भने जति अध्ययन खोज भएको छ, ति रिर्पोटहरु सार्वजनिक गरोस् । कि सभामुखज्यूबाट रुलिङ होस, म नै यो सदनको सबै सांसदहरुलाई त्यो रिपोट दिन्छु, त्यो दुबै रिपोट मसँग छ ।’
सरकारले रिपोट बनाउने र आफ्नो मान्छे फस्न लाग्यो भने रिपोट सार्वजनिक नगर्ने प्रवृत्ति मौलाउँदै जाने उनले बताए । नेपालमा सानालाई ऐन र ठूलालाई चैनको अवस्था रहेको बताउँदै निर्णय प्रक्रियामा सहभागी हुनेलाई कारबाही गर्न उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण