सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा राष्ट्रियसभाको सन्देश प्रस्तुत

शुक्रबार, २९ असार २०८०, १६ : २७
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन विधेयकका सन्दर्भमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको छ ।

सभाका सचिव पद्यमप्रसाद पाण्डेयले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरेका हुन् ।

राष्ट्रियसभाको आजको बैठकले ती विधेयक पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ३१ गते आइतबार दिनको १ बजे बस्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप