अशोक थापाको 'सन्तापको धुन' सम्मानित
काभ्रे । नमोबुद्ध नगरपालिका, काभ्रेले कथाकार डा. अशोक थापाको कथासङ्ग्रह 'सन्तापको धुन'लाई उत्कृष्ट वर्ष आख्यानद्वारा सम्मान गरेको छ । प्रथम नेपाली कवि भानुभक्तको २१० औँ जन्म जयन्तीको उपलक्ष्यमा भकुण्डेबेँसी नगरपालिकाको सम्मेलन हलमा आयोजित साहित्यिक कार्यक्रममा साहित्यकार थापालाई प्रमुख अतिथि गोपाल पराजुली र सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले संयुक्त सम्मान गरेका हुन् । सो समारोहमा साहित्यमा योगदान पुर्याएबापत कवि मोमिला जोशीलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा काभ्रे जिल्लाका स्थानीय कवि तथा साहित्यकारहरूको बाक्लो उपस्थिति हुनाको साथै राजधानीबाट समीक्षक प्रा।डा। सावित्री काक्षपती, अनुसन्धानकर्ता तथा निबन्धकार शरद प्रधान, पत्रकार तथा साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, कवि तथा अनुवादक डा। कोमल फुयाँल,कवि तथा समीक्षक महेश पौड्याल, गीतकार गोविन्द कँडेल आँसु, लेखक तथा प्रकाशक जयराम तिमिल्सिना आदिको सहभागिता थियो ।
कार्यक्रमका सभापतित्व गरेका प्रमुख प्रशासकीय अधिकृत शर्माले नगरपालिकाले विगत तीन वर्षदेखि भानु जयन्तीको अवसरमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको उल्लेख गर्दै यस्ता सृजनात्मक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका अधिकृत तारा सुनुवारले गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण