शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन (तस्बिरहरु)
फोटोफिचर

गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन (तस्बिरहरु)

शनिबार, ३० असार २०८०

काठमाडौँ । नेपालमा गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्ने मा गर्दै शनिवार विरोध प्रदर्शन गरिएको छ । अमेरिकासँग ५ दशक अघि नेपालले हस्ताक्षर गरेको सन्धि निष्प्रभावी र प्रत्युपादक भएको भन्दै महाराजगञ्जस्थित अमेरिकी दूतावास अगाडि अभियन्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।

सुरूवाती समयमा नियमन गर्नका लागि ल्याइएको यो कानुन पछि प्रतिबन्धतिर उन्मुख भएको भन्दै त्यसलाई तत्काल हटाउन अभियन्ताहरुले माग गरेका छन् । 

यो प्रतिबन्धात्मक प्रावधानले कुनै सकरात्मक प्रभाव जमाउन नसकेको गाँजा माथिको प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै आएका अभियन्ताहरुले जारी गरेको विज्ञप्तिमा  उल्लेख छ । नेपाल जस्ता राष्ट्रले यसको फाइदा उठाउन सक्ने भएपनि सो प्रावधानका कारण त्यसो हुन नसकेको उनीहरूको दाबी छ ।

हेर्नुहोस् तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया