जावलाखेलमा ल्याइयो पोथी कृष्णसार

गोदावरी । बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रबाट टुहुरो अवस्थामा रहेको पोथी कृष्णसार ‘चेल्सी’ लाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ । कोर क्षेत्रमा पाँच महिनाअगाडि माऊबाट विछोड भएको अवस्थामा उक्त पोथी कृष्णसार भेटिएको थियो ।
बार्दिया संरक्षण क्षेत्रका संरक्षण अधिकृत विनयकुमार झाका अनुसार पोथी कृष्णसारको बच्चालाई वन्यजन्तु संरक्षणकर्मीको निगरानीमा रेखदेख गरिएको छ । चेल्सीलाई दिनमा चार पटकसम्म दूध खुवाउने गरिएको उनले बताए । वन्यजन्तुलाई बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्र खैरापुरमा नियमित पालनपोषण तथा रेखदेख गरिँदै आइएको उनको भनाइ थियो ।
राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको निर्णयअनुरुप दुर्लभ वन्यजन्तुअन्तर्गत पर्ने कृष्णसारलाई वन्यजन्तु संरक्षण ऐन २०३० अनुसार संरक्षित वन्यजन्तुको सूचीमा राखिएको झाले जानकारी दिए ।
“शुक्रबार राति १० बजे सदर चिडियाखाना ल्याइएको उक्त पोथी कृष्णसारको नाम ‘चेल्सी’ राखिएको छ”, झाले भने, “पाँच महिनाको कृष्णसार अरु भन्दा फरक देखिने भएकाले चेल्सी नामाकरण गरी सदर चिडियाखानाका अरु कृष्णसारसँगै राखेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड बीच क्यासलेस इन्स्योरेन्स सम्झौता
-
प्रधान सेनापतिले भने– संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छु
-
सोती घटनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
एनसेल प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक
-
प्रथम दृष्टिमै एनसेलमा अर्बौँ घोटाला भएको अनुमान गर्न सकिन्छ : महामन्त्री थापा
-
प्रदेशले दबाब बढाएपछि विधेयकको मस्यौदा पठाउन सबै मन्त्रालयलाई कानुन मन्त्रालयको ताकेता