सेलिशालाई आर्थिक सहयोग
काठमाडौँ । अखिल नेपाल टेबलटेनिस संघले क्यान्सरको उपचार गराइ रहेकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीलाई शनिबार उपचार खर्च सहयोग स्वरूप प्रदान गरेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले सेलिशाका पिता सुनिललाई ९ लाख ६० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।
टेबलटेनिस संघले सेलिशाको उपचार खर्च सङ्कलन गर्न टेबलटेनिस प्रशिक्षक सन्ध्या शाक्यको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको थियो । सेलिशाको उपचारमा सहयोग गर्न संघले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता आयोजना गर्नुका साथै विभिन्न महानुभाव र संघ संस्थासंग आग्रह पनि गरिएको थियो ।
सबैबाट सङ्कलित ९ लाख ६० हजार रुपैयाँ उपचारका लागि हस्तान्तरण गरिएको टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् । सेलिशाको भारतमा राजीव गान्धी अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण