सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एसको सचिवालयको बैठक साउन २ गतेसम्म, आज के भयो ?

शनिबार, ३० असार २०८०, १९ : ००
शनिबार, ३० असार २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकको दोस्रो दिन २ जना नेताहरूले आफ्नो भनाई राखेका छन् । पुष्पलाल स्मृति भवन चम्पादेवीमा बसेको बैठकमा जगन्नाथ खतिवडा र प्रकाश ज्वालाले आफ्नो भनाई राखेका हुन् । बैठक भोलीसम्मका लागि स्थगित भएको छ भने साउन २ गतेसम्म बैठक जारी रहने नेता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकमा कार्यविभाजन, महाधिवेशन, पार्टीले उठाउने आर्थिक, राजनीतिक, सामाजिक मुद्धाहरुका बारेमा छलफल भएको खतिवडाले बताए । बैठकको अन्तिम दिन पार्टी बैठकमा भएका छलफल र निर्णयहरूको बारेमा जानकारी दिने उनले बताए । शुक्रबार सात जनाले धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप