देशको तस्बिर बोलेर होइन, काममा देखिनुपर्छ : मन्त्री गुरुङ
काठमाडौँ । शहरी विकासमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले देशको तस्बिर बोलेर नभइ काम गरेर देखिनुपर्ने बताएकी छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले देशको चित्र बोलेर नभइ सबैले यहाँ छु भन्ने हिसावले देखिनु आजको आवश्यकता भएको बताइन् ।
मन्त्री गुरुङले कांग्रेसमा सबै जातजातिको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको बताइन् । उनले कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले धेरै नबोलेर तर व्यवहारिक रुपमा विधानमै लेखाएर थुप्रै राम्रा कामलाई अघि बढाउनुभएको बताइन् ।
‘देशको चित्र, तस्बिर बोलेर होइन, सबैले म यहाँ छु भन्ने देखिनुपर्छ, यो आजको आवश्यकता हो । त्यही अनुसार नेपाली कांग्रेसको हिजो बिपी कोइरालाले विधानमा लेख्नुभएन, तर व्यवहारमा सबै जातजातिको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुभयो, जहाँ नैतिक हिसावले महिला पनि समावेश गर्नुपर्छ भनेर महिलाको पनि उपस्थिति सँगै लिएर जानुभएको थियो’ मन्त्री गुरुङले भनिन्, ‘आज त्यही अभियानलाई सार्थकता दिँदै, नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाजीले धेरै नबोलेर तर व्यवहारिक रुपमा विधानमै लेखाएर थुप्रै राम्रा कामलाई अघि बढाउनुभएको छ ।’
मन्त्री गुरुङले अन्य दलहरुले ठूलो भाषण गरेर आश्वासन बाँडेपनि अन्य पार्टीको विधानमा व्यवस्थित संरचनामा सहभागिताको सुनिश्तिता गर्न नसकेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण