शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
भेपमा सुन

सुन तस्करसँग कनेक्सनबारे महराले भने, ‘राजनीतिक पूर्वाग्रहमा आधारित’

‘चिनियाँ नागरिकले मगाएको सामान भन्सारमा किन अड्किएको भनेर बुझ्नलाई मात्रै सम्पर्क गरेको हो’
आइतबार, ३१ असार २०८०, १० : ४४
आइतबार, ३१ असार २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले असार ३० गते रातोपाटीमा प्रकाशित ‘सुन तस्करसँग पूर्व सभामुख महराका बाउछोराको कनेक्सन’ शीर्षकको समाचार राजनीतिक पूर्वाग्रहमा आधारित रहेको आरोप लगाएका छन् । आइतबार एक खण्डन पठाउँदै नेता महराले समाचार राजनीतिक पूर्वाग्रहमा आधारित रहेको र समाचारमा सत्यता नभएको बताएका हुन् ।

चिनियाँ नागरिक वाङसँग पहिलेदेखि नै सामान्य चिनजान भएको र उनले आफूलाई फलफूल व्यापारीको रूपमा चिनाएको महराको खण्डनमा उल्लेख छ । उनको अरू व्यापार र कामबारे कुनै जानकारी र सम्बन्ध नरहेको पनि महराको भनाई छ । 

महराले छोरा राहुलले भन्सारका कर्मचारीलाई सम्पर्क गर्नुको कारण चिनिया नागरिकले चिनिया कामदारका लागि मगाएको सामान भन्सारमा अड्किएको भन्ने जानकारी गराएको कारण के कति कारणले अड्किएको हो भनी बुझ्नलाई मात्रै सम्पर्क गरेको बताएका छन् । 

महराको खण्डनमा भनिएको छ,

‘जहाँसम्म छोरा राहुलले भन्सार कर्मचारीलाई सम्पर्क गरेको भनिएको छ; उनी चिनिया नागरिक वाङले चिनिया कामदारको लागि मगाएको केही सामान भन्सारमा अड्किएको र बुझिदिन आग्रह गर्दा भन्सार कर्मचारीलाई सम्पर्क गर्दा नियम अनुसार हुने जानकारी पाएको र उनलाई त्यही जानकारी गराएको हो । तर अरू कुनै विषय जानकारीमा नभएको तथ्य हो । साथै ती व्यक्तिसँग कुनै कार्यमा कुनै सहभागिता र सहयोग नगरेको पनि प्रस्ट पार्न चाहन्छौँ ।’

महराले आफ्नो खण्डनमा कुनै व्यक्तिसँग चिनजान हुनु र अपराध वा अन्य कार्यमा संलग्न हुनु फरक विषय रहेको भन्दै दुराशयपूर्ण तरिकाबाट समाचार प्रकाशन गरिएको आरोप लगाएका छन् । महराले भनेका छन्, ‘चिनजान हुनु र संलग्न हुनु फरक विषयलाई दुराशयपूर्ण तरिकाले समाचार प्रकाशित गर्नु ठिक होइन । यो समाचार विल्कुल तथ्यहीन मात्र नभएर राजनैतिक पूर्वाग्रहीमा आधारमा भएकोले खण्डन गर्दछौँ ।’

हेर्नुहोस्, माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले रातोपाटीलाई पठाएको खण्डन :

Mahara Statement

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप