मन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुने
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता हुने भएको छ । सोमबारदेखि बैंककमा हुने बिमस्टेक विदेश मन्त्रीस्तरीय बैठकमा दुई मन्त्रीबीच भेटवार्ता हुने भएको हो ।
श्रोतका अनुसार उनीहरुबीच साईडलाईन वार्ता हुने बताइएको छ । परराष्ट्र मन्त्री बनेपछि साउद र जयशंकरबीच दोस्रो साइडलाईन वार्ता हुने भएको हो । यसअघि बांग्लादेशमा भएको इन्डिया फाउण्डेशनको कार्यक्रममा दुई मन्त्री बीच अनौपचारिक भेट भएको थियो ।
जेठ १७ गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएका बेला भारतीय विदेश मन्त्री जयशंकर अमेरिका भ्रमणमा थिए । त्यो भ्रमणको क्रममा उनीहरुबीच भेटघाट भएको थिएन । बैंककमा हुने अनौपचारिक भेटघाटमा दुई देशको सम्बन्धको विषयमा कुराकानी हुने बताइएको छ ।
बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री साउद आज त्यसतर्फ जाँदैछन् । आज साढे एक बजे थाइ स्माइल एयरवेजबाट मन्त्री साउद बैंकका लागि उड्ने मन्त्रालय स्रोतले जनाएको छ । साउन १ गते बैठकमा सहभागी भइ उनी २ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तयारीका लागि कांग्रेसले माग्यो सभामुखसँग समय
-
तीन जिल्लाका सीडीओ फेरिए, बाँकेमा खगेन्द्र रिजाल
-
सहकारी प्रकरण : यी हुन् छानबिन समिति बनाउनबारे सत्ता र प्रतिपक्षले नमानेको सहमतिका 'ड्राफ्ट'
-
आईपीएलमा आज : लखनउसँग बदला लिने धुनमा मुम्बई
-
कांग्रेस सांसदले किन आफ्नै सांसदको सारी तानिन् ?
-
संसद् बैठक सुरु भएन, सभामुख र प्रमुख सचेतकबिच छलफल जारी