मेनपावर व्यवसायीले गरे अध्यागमन विभाग घेराउ, डिजीको राजीनामा माग
काठमाडौँ । वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले विभाग घेराउ गर्दै प्रदशन गरेका हुन् । उनीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा समेत माग गरेका छन् ।
_lGoSnmphsX.jpg)
२–३ सयको हाराहारीमा रहेका व्यवसायीहरूले विभाग कार्यालयमा विरोध प्रदशन गर्नुका नाराबाजी गरेका हुन् । संघका महासचिव मेघनाथ भुर्तेलले विना कारण श्रमिकलाई रोक्ने डिजीले राजीनामा दिनुपर्ने बताए। वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रोक लगाएको थियो ।
कागजात शंकाष्पद रहेको कारण देखाउँदै अध्यागमनले रोकेको थियो । तर, व्यवसायीहरूले भने भिसा, श्रम स्वीकृत, हवाई टिकट लगायतका सबै कागजात हुँदा पनि अध्यागमनले रोकेको आरोप लगाउँदै आएका छन् ।
वैदेशिक रोजगार ऎन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरि सस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेकाहरूलाई अध्यागमनले रोक्दै आएको महासचिव भुर्तेलले बताए । बिनाकारण कामदारहरु फर्काइरहेकोले व्यवसाय गर्न समस्या भएको उनको भनाई छ । अध्यागमन कार्यालयका महानिर्देशकले ज्यादती गर्दै आएको भन्दै उनको राजीनामा माग गरिएको बताए ।
_n3HexvYwsw.jpg)
_PtIjWCeGd4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण