व्यवहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्नसक्छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले व्यवहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताएका छन् ।
आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले व्यवहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्नसक्ने बताएका हुन् ।
उनले मुलुकको शिक्षाको ठिक ढंगले विकास गर्न नसकेको मुलुकहरुले विश्वमा प्रगति गर्न नसकेका बताए । उनले राम्रो शैक्षिक जनशक्तिको विकास गर्नसक्ने मलुकहरुको मात्रै प्रगति सम्भव रहेको उल्लेख गरे ।
सभामुख घिमिरेले शिक्षाको विकास सही ढंगबाट हुन नसकेको भन्दै यसप्रति प्रश्नहरु उठिरहेको बताए ।
उनले भने,‘समाजलाई विकास गर्ने सन्दर्भमा शिक्षा जुन रुपबाट विकास गर्नुपथ्र्यो त्यस रुपबाट विकास सायद हुन सकेनकि भन्ने आज प्रश्न उठिरहेको छ । शिक्षा भनेकै के हो ? शिक्षा हामीले प्राप्त गरेको ज्ञान, ज्ञानको विकास र ज्ञान बिस्तार गरेर विश्वलाई हेर्ने कुराहरु हो । र जुन मुलुकले शिक्षा ठिक ढंगले विकास गर्न सकेको छ, शैक्षिक जनशक्ति विकास गर्न सकेको छ, व्यवहारिक शिक्षा दिन सकेको छ, त्यसलाई व्यवहारमा उतारेर शिक्षाको गुणस्तरलाई परिवर्तन गर्न सकेको छ, त्यो मुलुकहरुले मात्रै विश्वमा प्रगती गर्न सकेका छन् ।’
उनले शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापहरुले महत्वपूर्ण पाइलाको शुरुवात गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण