अमेरिका बन्दुक हिंसा : चार जनाको हत्या

वासिङ्टन । अमेरिकाको जर्जिया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा तीन जना पुरुष र एक महिलाको हत्या भएको हो ।
एकचालिस वर्षीय आक्रमणकारी आन्द्रे लङ्मोरको खोजी भइरहेको प्रहरीले जनाएको छ । निजका बारेमा जानकारी भएमा प्रहरीलाई सम्पर्क गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ । प्रहरीले सामाजिक सञ्जालमा जारी गरेको सूचनामा निजको नजिक जानुको सट्टा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।
यो वर्ष अमेरिकामा बन्दुक हिंसाका तीन सय ८२ घटना भएका गैरनाफामुखी समूह ‘गन भइलेन्स’ले आफ्नो पछिल्लो प्रकाशनमा उल्लेख गरेको छ ।
यसैबीच, अमेरिकी समाचार संस्था एपीले बन्दुक हिंसाबारे प्रकाशन गरेकोा एक समाचारमा यो वर्ष बितेका छ महिनामा भएका आम नरसंहारका २८ वटा घटनामा एक सय ४० जनाले ज्यान गुमाएका जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागूऔषध सहित प्याराग्लाइडिङ, प्रहरीले गर्यो छड्के चेक
-
पशुपतिको बालुवा उत्खननमा ४६ करोड भ्रष्टाचार (पूर्णपाठ)
-
भत्केको पुलमाथि फोटो खिचाएर फर्कियो भौतिकमन्त्री दाहालको टोली
-
सरकारको १११ बुँदे नीति तथा कार्यक्रमको प्राथमिकता के हो ?
-
बालेनले ‘सरी केपी ओली’ भन्दै फेसबुकबाटै फर्काए जवाफ
-
महिलाहरू घरभित्रै असुरक्षित