मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

विश्वविद्यालय दलीय हस्तक्षेपबाट मुक्त गराउनुपर्छ : गगन थापा

आइतबार, ३१ असार २०८०, १८ : ०६
आइतबार, ३१ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले विश्वविद्यालयमा दलीय हस्तक्षेपबाट मुक्त गराउनुपर्ने बताएका छन् ।

आइतबार संसद्मा बोल्दै थापाले कार्यपालिकाले समेत हस्तक्षेप गर्न नपाउने गरी विश्वविद्यालय ऐन ल्याउनुपर्ने बताए । 

‘विश्वविद्यालयका ऐनहरू संशोधन गर्न संसद्मा आए । केही नयाँ विश्वविद्यालयहरू थपिए । हामीले आफ्ना कुरा भनिरह्यौं । सरकारले ल्याउँछु भनिरहयो । नल्याएपछि ५ वर्ष त्यसै बित्यो’ थापाले भने, ‘अहिले पनि विश्वविद्यालयको ऐन ल्याएको छैन । यो अर्थ मन्त्रालयतिर घुमिरहेको छ । सरकारले यसको महत्त्व बुझ्न सकेन । विश्वविद्यालयलाई समग्रतामा हेर्ने अवसर हो । प्रदेश सरकारलाई मार्गदर्शन गर्ने अवसर हो ।’

‘उच्च शिक्षालाई अनुसन्धानलाई कसरी अघि लिएर जाने हो ?, पठनपाठनलाई कसरी बदल्ने हो ?, देशमा कति विश्वविद्यालय चाहिने हो’ भन्ने समग्रतामा हेर्ने मौका भएको थापाले बताए । 

‘हामीलाई दलीय हस्तक्षेपबाट मुक्त गर्ने नेतृत्व चाहिएको छ । केदारभक्त माथेमालाई उपकुलपति बनाएको गौरव गर्ने हाम्रो इतिहासको साक्षी छ । त्यसपछि विश्वविद्यालयमा भागबन्डा गरेको दोष हामीलाई लागेको छ’ थापाले भने, ‘विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्न प्राध्यापक र कर्मचारीलाई दलीय सदस्यता लिन नपाउने व्यवस्था छ ।  विश्वविद्यालयको विधेयक ल्याउँदा कार्यपालिकाले कहीँ कतैबाट हस्तक्षेप गर्न नपाउने सबै उपकुलपति लगायत सबै नियुक्त गर्ने व्यवस्था गरिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप