मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

निगमको ग्राउण्डेड ९एन–एकेडब्लू जहाज तयार, आजै काठमाडौँ–मलेसिया उडान भर्ने

सोमबार, ०१ साउन २०८०, १३ : ५४
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । नेपाल वायुसेवा निगमको ग्राउण्डेड ९एन–एकेडब्लू जहाज उडानका लागि तयार भएको छ । झण्डै एक महिना ग्राउण्डेड भएको जहाज लामो मेन्टेन्स् (मर्मत) पश्चात सोमबार तयार भएको हो । 

योसँगै निगमले आज बेलुका नै ९एन–एकेडब्लू न्यारो बडी जहाजमार्फत काठमाडौँ–मलेसिया उडान गर्ने तयारी गरेको छ । ‘पटकपटकको प्रयास पछि ग्राउण्डेड जहाजलाई उडान योग्य बनाउन सफल भएका छौँ । दुई वटा जहाज मध्ये ९एन–एकेडब्लूले आज बेलुकादेखि नै उडान भर्नेछ । यद्यपि, अर्को ग्राउण्डेड जहाज ९एन–एकेएक्स भने मेन्टेनेन्सकै अवस्थामा छ’ निगमका प्रवक्ता रमेश पौडेलले रातोपाटीलाई जानकारी दिए । 

ग्राउण्डेड ९एन–एकेडब्लू न्यारो बडी जहाज गत महिना दुबईबाट काठमाडौँ उडानका क्रममा चरा ठोकिएको थियो । जसका कारण जहाजको इन्जिनमा समस्या आएपछि ग्राउण्डेड बन्न पुगेको थियो । पटक पटक मर्मत गरेर जहाज उडाउन कोसिस गरे पनि समस्या समाधान नभएपछि जहाज केही समयदेखि पूर्ण रूपमा ग्राउण्डेड नै हुन पुगेको थियो । तर, पछिल्लो पटक निगमले इन्डियाको बैङ्लोरबाट प्राविधिक झिकाएर मर्मत गरेपछि जहाज उडानयोग्य भएको प्रवक्ता पौडेलले रातोपाटीसँग बताए । 

यद्यपि, अर्को ग्राउण्डेड जहाज ९एन–एकेएक्सको नियमित बोरिसकोपी इन्सपेक्सन गर्दा बायाँ इन्जिनको हाई प्रेसर टर्विन ट्रेरिङ एजमा प्राविधिक समस्या देखिएकोले अप्रुप म्यानुअल र निर्माता कम्पनी ओईएमको सुझाव अनुसार १० साइकल मात्र उडान गर्न सकिने भएकोले इन्जिन ओभरहौलको लागि जाँदा लाग्ने ४ साइकल बाँकी राखी ६ साइकल उडान भरे ग्राण्डेड गरिएको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप