प्रहरीमा जवानदेखि सईसम्मका ९ जनालाई ‘विशेष बढुवा’ गर्ने निर्णय
काठमाडौँ । नेपाल प्रहरीमा तल्लो दर्जामा कार्यरत ९ जना कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने निर्णय गरिएको छ । प्रहरी महानिरीक्षकले आर्थिक वर्षभरि विशेष काम गर्नेहरूलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरेर ‘विशेष बढुवा’ गरेका हुन् ।
असार ३१ मा आईजीपी वसन्त कुँवरले प्रहरी नायव निरीक्षक (सई) तिलराम बोहरा सार्कीलाई वरिष्ठ नायव निरीक्षकमा बढुवा गरेका छन् । तिलराम बोहरा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) अर्जुन सेठ्ठी र बामदेव घिमिरे सईमा बढुवा भएका छन् । घिमिरे अख्तियारमा कार्यरत छन् ।
सहायक हवलदारबाट हवलदार पदमा सुवास नेपाली, लक्ष्मण सापकोटा, भुदरमणि जोशी, गन कुमार खण्डमुल र उपेन्द्र चौधरी बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयको कार्य विभागमा कार्यरत लोचन अधिकारी जवानबाट सहायक हवलदारमा बढुवा भएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण