प्रहरीमा जवानदेखि सईसम्मका ९ जनालाई ‘विशेष बढुवा’ गर्ने निर्णय

काठमाडौँ । नेपाल प्रहरीमा तल्लो दर्जामा कार्यरत ९ जना कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने निर्णय गरिएको छ । प्रहरी महानिरीक्षकले आर्थिक वर्षभरि विशेष काम गर्नेहरूलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरेर ‘विशेष बढुवा’ गरेका हुन् ।
असार ३१ मा आईजीपी वसन्त कुँवरले प्रहरी नायव निरीक्षक (सई) तिलराम बोहरा सार्कीलाई वरिष्ठ नायव निरीक्षकमा बढुवा गरेका छन् । तिलराम बोहरा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) अर्जुन सेठ्ठी र बामदेव घिमिरे सईमा बढुवा भएका छन् । घिमिरे अख्तियारमा कार्यरत छन् ।
सहायक हवलदारबाट हवलदार पदमा सुवास नेपाली, लक्ष्मण सापकोटा, भुदरमणि जोशी, गन कुमार खण्डमुल र उपेन्द्र चौधरी बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयको कार्य विभागमा कार्यरत लोचन अधिकारी जवानबाट सहायक हवलदारमा बढुवा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन