आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा आश्रमलाई रकम सहयोग, विद्यार्थीलाई झोला वितरण

सोमबार, ०१ साउन २०८०, १५ : ४०
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री गलेश्वर आश्रम देवघाटधामलाई रकम हस्तान्तरण गरेको छ । 

तनहुँको देवघाट स्थित संस्कृत गुरुकुल मार्फत देशभरिका विद्यार्थीहरूलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको आश्रमलाई सिटिजन्स बैंकले दुई चरणमा गरी जम्मा ५ लाख रकम हस्तान्तरण गरेको हो । 

संस्कृत गुरुकुल भवन निर्माणको सहयोगार्थ यसअघि नगद रु. ३ लाख रकम प्रदान गरिसकेको र हाल भवन निर्माणको कार्य प्रगतिको निरीक्षण पश्चात् बाकी रकम रु. २ लाख उपलब्ध गराएको हो । 

साथै सिटिजन्स बैंक सम्सी शाखाले श्री जनता माध्यमिक विद्यालय, सम्सी प्रवाह महोत्तरीका कक्षा एकका करिब १०० विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत झोला वितरण गरेको छ । उक्त विद्यालयमा अधिकांश विद्यार्थीहरू मुस्लिम र दलित समुदायबाट र कमजोर आर्थिक अवस्था भएका छन् । 

यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप