सिटिजन्स बैंकद्वारा आश्रमलाई रकम सहयोग, विद्यार्थीलाई झोला वितरण
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री गलेश्वर आश्रम देवघाटधामलाई रकम हस्तान्तरण गरेको छ ।
तनहुँको देवघाट स्थित संस्कृत गुरुकुल मार्फत देशभरिका विद्यार्थीहरूलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको आश्रमलाई सिटिजन्स बैंकले दुई चरणमा गरी जम्मा ५ लाख रकम हस्तान्तरण गरेको हो ।
संस्कृत गुरुकुल भवन निर्माणको सहयोगार्थ यसअघि नगद रु. ३ लाख रकम प्रदान गरिसकेको र हाल भवन निर्माणको कार्य प्रगतिको निरीक्षण पश्चात् बाकी रकम रु. २ लाख उपलब्ध गराएको हो ।
साथै सिटिजन्स बैंक सम्सी शाखाले श्री जनता माध्यमिक विद्यालय, सम्सी प्रवाह महोत्तरीका कक्षा एकका करिब १०० विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत झोला वितरण गरेको छ । उक्त विद्यालयमा अधिकांश विद्यार्थीहरू मुस्लिम र दलित समुदायबाट र कमजोर आर्थिक अवस्था भएका छन् ।
यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण