मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

केएमसीमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीको सेवा सुरु

सोमबार, ०१ साउन २०८०, १७ : ०६
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले आजबाट काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार सेवा सुरु गरेका छन् । 

चार दशक अघिदेखि मुटु रोगीको उपचारमा सक्रिय प्रसिद्ध डा.सायमी केएमसीमा आबद्ध भएर उपचार सेवा सुरु गरेका हुन् ।

उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा.सायमीलाई भित्र्याएर मुटुरोग विभागको सेवालाई थप मजबुत बनाएको केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन् । 

शहीद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका सायमीले २१ वर्ष प्रधानमन्त्रीको निजी चिकित्सकको रूपमा काम गरेका थिए । डा.सायमीको प्रवेशसँगै केएमसीको मुटु विभागमा विशेषज्ञ डाक्टरहरूको थप मजबुत टिम बनेको अस्पतालका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् ।

केएमसीको मुटु विभागमा प्रा.डा.सञ्जय श्रेष्ठ, डा.आदित्य महासेठ लगायत विशेषज्ञ डाक्टरहरू पनि कार्यरत छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल र डा.सहदेव ढुंगानाले पनि सेवा दिने गरेका छन् । डा.सुनिल शर्माको प्रवेशसँगै स्तरीय सेवा सुविधा विस्तारलाई तीव्रता दिएको केएमसीले अहिले पनि त्यसलाई जारी राखेको छ । मुटु विभागको सेवामा पनि निकै सुधार गरिएको छ ।

केएमसीले करिब छ महिना अघिबाट अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ पनि सञ्चालन गरेको छ । न्युरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको सो क्याथल्याब नेपालमै पहिलो पटक सञ्चालन गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप