केएमसीमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीको सेवा सुरु
काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले आजबाट काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार सेवा सुरु गरेका छन् ।
चार दशक अघिदेखि मुटु रोगीको उपचारमा सक्रिय प्रसिद्ध डा.सायमी केएमसीमा आबद्ध भएर उपचार सेवा सुरु गरेका हुन् ।
उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा.सायमीलाई भित्र्याएर मुटुरोग विभागको सेवालाई थप मजबुत बनाएको केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन् ।
शहीद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका सायमीले २१ वर्ष प्रधानमन्त्रीको निजी चिकित्सकको रूपमा काम गरेका थिए । डा.सायमीको प्रवेशसँगै केएमसीको मुटु विभागमा विशेषज्ञ डाक्टरहरूको थप मजबुत टिम बनेको अस्पतालका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् ।
केएमसीको मुटु विभागमा प्रा.डा.सञ्जय श्रेष्ठ, डा.आदित्य महासेठ लगायत विशेषज्ञ डाक्टरहरू पनि कार्यरत छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल र डा.सहदेव ढुंगानाले पनि सेवा दिने गरेका छन् । डा.सुनिल शर्माको प्रवेशसँगै स्तरीय सेवा सुविधा विस्तारलाई तीव्रता दिएको केएमसीले अहिले पनि त्यसलाई जारी राखेको छ । मुटु विभागको सेवामा पनि निकै सुधार गरिएको छ ।
केएमसीले करिब छ महिना अघिबाट अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ पनि सञ्चालन गरेको छ । न्युरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको सो क्याथल्याब नेपालमै पहिलो पटक सञ्चालन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण