यस्तो छ फिल्म 'जय हो'को पहिलो गीत 'जोमसोमको डाँडैमा हिउँ खेल्न जाने की'
काठमाडौँ । शोभित बस्नेतको प्रस्तुतिमा निर्माण भएको फिल्म 'जय हो' पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक 'जोमसोमको डाँडैमा हिउँ खेल्न जाने की' बोलको गीतमा शम्भुजित बासकाेटाकाे शब्द तथा संगीत र सुरेश लामा र अस्मिता अधिकारीको स्वर छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् ।
टेक पौरखी राईको निर्देशन निर्माण भएको फिल्ममा अर्पण, सलोन, केकी, निशा र माओत्सेकाे अलवा प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय छ ।
सम्राट बस्नेत द्धन्द्, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।
मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्म कमेडी, एक्सन र लभस्टोरीको समिश्रण छ । राज के अधिकारी र सुरज सरकार फिल्मका निर्माता हुन् ।
आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने फिल्म सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको हो । फिल्मलाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण