सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साउन महिना लागिसक्दा पनि कर्णालीका चार स्थानीय तहले ल्याउन ल्याउन सकेनन् बजेट

अध्यक्ष, उपाध्यक्षले एकलौटी गरेको माओवादीको आरोप
मङ्गलबार, ०२ साउन २०८०, ०९ : ३६
मङ्गलबार, ०२ साउन २०८०

सुर्खेत । संविधानतः स्थानीय तहले १० असारमै बजेट ल्याइसक्नुपर्ने हुन्छ भने असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ । तर, कर्णालीका चार वटा स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । यस्तै कतिपय बजेट ल्याएका पालिकाहरूले बजेट पारित गर्न सकिरहेका छैनन् ।

राजनीतिक प्रतिशोधका आधारमा पालिकाहरूमा द्वन्द्व फैलिएपछि यस्तो भएको हो । कर्णालीमा ७९ वटा स्थानीय तहहरू रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा उल्लेख गरिए अनुसार ७९ वटा पालिका रहेको कर्णालीका ७५ वटा पालिकाले बजेट पेस गरिसकेका छन् ।

मन्त्रालयले हुम्लाको चंखेली गाउँपालिका, ताँजाकोट गाउँपालिका, सर्केगाड गाउँपालिका र सल्यानको कुमाख गाउँपालिका रहेका छन् । तर, हुम्लाका तीनवटै पालिकाले बजेट ल्याएर पनि पारित भइसकेको जनाएका छन् । तथापि वेबसाइटमा प्रविष्ट नगरिएका कारण पेस हुन् बाँकी भनेर उल्लेख गरिएको छ । 

हुम्लाको चंखेली गाउँपालिकाले भने बजेट पेस भएर पनि पारित भइसकेको जनाएको छ । १० गते गाउँसभामा बजेट पेस भएर २१ गते नै पेस भएको गाउँपालिकाका सूचना अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए । यद्यपि आफू गाउँपालिका भन्दा बाहिर रहेकाले प्रविष्ट हुन बाँकी रहेको उनले बताए । ‘लेखा अधिकृत सरहरुको केही कारण उहाँहरूले सक्नुभएन, म बाहिर रहेकाले वेबसाइटमा अपडेट हुन् नसकेको हो,’ उनले भने,‘ आज म गर्छु ।’ 

ताँजाकोट गाउँपालिकाको पनि बजेट पेस भएर पारित भइसकेको गाउँपालिकाका प्रवक्ता मंगल नेपालीले जानकारी दिए । सल्यानको कुमाख गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधिको अवरोधका कारण बजेट गाउँसभामा पेस हुन् नसकेको हो । यहाँ गाउँपालिका अध्यक्षसहित कांग्रेसका ४, उपाध्यक्षसहित एमालेको ५ जना रहेका छन् । कार्यपालिकामा वडाध्यक्षसहित माओवादीका १० जना सदस्य छन् । उनीहरूको बहुमत भएकाले अध्यक्ष, उपाध्यक्षले चाहेर पनि बजेट पेस गर्न सकिरहेका छैनन् ।

उपाध्यक्ष लालबहादुर रावतले माओवादीका सदस्य साथीहरूका कारण बजेट नै पेस गर्न नसकेको बताए । ‘पटक–पटक छलफल गर्दा पनि उहाँहरू सहमतमा आउन चाहनुहुन्न,’ उनले रातोपाटीसँग भने,‘उहाँहरू बैठकमै आउनुहुन्न ।’ 

उनका अनुसार ५० करोड बराबरको बजेट ल्याउने तयारी पालिकाको थियो । माओवादीबाट निर्वाचित वडा नम्बर ५ का वडाध्यक्ष पदमबहादुर बुढा मगरले पालिकाको अध्यक्ष र उपाध्यक्षको कार्यशैली नसच्चिएका कारण बैठकमा उपस्थिति नआएको बताए । ‘कार्यपालिका त मन्त्री मण्डल होला नि,’ उनी भन्छन्,‘ हाम्रा कुरा सुनुवाइ नगरेर अध्यक्ष, उपाध्यक्ष मिलेर हामीलाई बाइसाप गर्न खोज्ने ?’

करारमा कर्मचारी भर्ती गर्दा पनि आफूहरूलाई कुनै जानकारी नदिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप