सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आयोजक राष्ट्र नपाएपछि राष्ट्रमण्डलीय खेलकुद अन्यौलमा

मङ्गलबार, ०२ साउन २०८०, १० : १५
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । राष्ट्रमण्डलीय खेलकुद प्रतियोगिताको भविष्य अन्यौलमा परेको छ । सन् २०२६ मा हुने भनिएको राष्ट्रमण्डलीय खेलकुदले हालसम्म आयोजक राष्ट्र पाउन सकेको छैन । यसअघि राष्ट्रमण्डलीय खेलकुदको २२औं संस्करण इङ्ल्यान्डको बर्मिङ्घममा आयोजना भएको थियो । 

२३औं संस्करण अस्ट्रेलियाको भिक्टोरियामा आयोजना हुने भनिएको थियो । तर, अस्ट्रेलियाले आर्थिक समस्या देखाउँदै प्रतियोगिता आयोजना गर्न नसक्ने जनाएको छ । अन्य राष्ट्रहरुले पनि प्रतियोगिता आयोजना गर्न चासो देखाएका छैनन् । 

यसअघि सन् २०२२ मा अस्ट्रेलियाले आगामी संस्करण भिक्टोरिया सहरले आयोजना गर्ने आश्वासन दिएको थियो । पछिल्लो समय कमनवेल्थ गेम्स फेडरेसन (सीजीएफ) प्रायोजकको खोजिमा छ । ‘अत्यन्तै निराशाजनक समाचार,’ अस्ट्रेलियाले प्रतियोगिता आयोजना नगर्ने समाचार बाहिरिएपछि सीजीएफले भनेको छ । 

राष्ट्रमण्डलीय खेलकुदको पहिलो संस्करण सन् १९३० मा क्यानडाको ह्यामिल्टनमा आयोजना भएको थियो । त्यसयता दोस्रो विश्व युद्धको समयमा मात्र राष्ट्रमण्डलीय खेलकुद स्थगित भएको थियो । दोस्रो विश्व युद्धका कारण सन् १९४२ र सन् १९४६ मा राष्ट्रमण्डलीय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप