वडा अध्यक्षले पूर्वसूचना बिना घर भत्काएको भन्दै न्यायको माग
सिरहा । गोलबजार नगरपालिका–१२ का वडा अध्यक्ष गणेश मुखिया विवादमा तानिएका छन् । पूर्वसूचना बिना नै आफ्नो घर भत्काइएको आरोप सोही वडा निवासी राम विकास महतोले लगाएका छन् ।
हुल हुज्जतका साथ आफ्नो घरमा जेसीभी चलाएर एक्कासी तहसनहस पारिएको महतोको आरोप छ । जमदह–लगडी गदियानी सडक अन्तर्गत गोलबजार–१२ बेतौना निवासी सुगादेवी महतो (राम विकास महतोकी पत्नी)को नाममा रहेको जमिनमा बनेको घर भत्काइएको र घर भत्काउन वडा अध्यक्ष मुखियाको भूमिका रहेको उनी बताउँछन् ।
उनले भने, ‘बाटोको एकतर्फी जग्गा च्याप्न खोजेपछि न्यायका लागि अदालत गुहारेको थिएँ । तर एक्कासी घर भत्काइदिए । तीन चार वर्ष पहिला करिव ५५ लाख लागतमा बनाएको घर भत्काएर तहसनहस बनाइयो ।’
श्रीमती बिरामी रहेको र ९५ वर्षको बुढो बुबाको समेत बिचल्ली हुने गरी आफ्नो घर भत्काइदिएको भन्दै उनले बिनासूचना घर भत्काएर आफूमाथि अन्याय गर्नेलाई कारबाहीको दायरामा ल्याउन मागसमेत गरे ।
महतोले गोलबजार नगरपालिकाका, पालिकाका मेयर, वडा नम्वर १२ का वडा अध्यक्ष, धनुषाको जनकपुरस्थित हुलाकी राजमार्ग निर्देशनालयलाई विपक्षी मनाएर जिल्ला अदालतमा मुद्दा दिएका छन् । मुद्दाको किनारा नलाग्दै वडा अध्यक्षको नेतृत्वका घर भत्काइएको महतोको भनाइ छ ।
वडा अध्यक्ष गणेश मुखिया भने सामाजिक छलफलबाट भएको निर्णय स्थानीयवासीले लागु गरेको भन्दै घर भत्काउन आफ्नो कुनै भूमिका नरहेको बताउँछन् । उनले भने, ‘अरु नै विषमा छलफल चलिरहेको बेला यो कुरा पनि आयो, त्यहीँ म सहित ११ जनाको प्रतिनिधिले घर भत्काउने निर्णय ग¥यौँ, त्यसको कार्यान्वयन स्थानीय जनताले गरेका हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण