युनाइटेडले इन्टरका गोलकिपर ओनानालाई अनुबन्ध गर्ने
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले इन्टर मिलानका गोलकिपर आन्द्रे ओनानालाई अनुबन्ध गर्ने नजिक पुगेको छ । युनाइटेडले ओनानाका लागि करिब ५ करोड पाउन्ड खर्च गर्ने बताइएको छ ।
१२ सिजन क्लबमा बिताएका गोलकिपर डेभिड डी गेयाले गत सिजनको अन्त्यमा क्लब छाडेपछि युनाइटेडले २७ वर्षीय क्यामरुनका खेलाडीलाई उनको स्थानमा क्लबमा ल्याउन लागेको हो । आइतबार युनाइटेड र ओनानाका प्रतिनिधिबीच छलफल भएको र त्यस क्रममा ५ वर्षको करारमा हस्ताक्षर गर्ने सहमति बनेको बेलायती मिडियाले जानकारी दिएको छ ।
दुई क्लबबीच यसबारे छलफल हुन भने बाँकी रहेको छ । यद्यपि अर्को हप्तादेखि सुरु हुने युनाइटेडको अमेरिकाको भ्रमण अघि नै क्लबले उनको अनुबन्ध प्रक्रिया पुरा गर्ने अपेक्षा गरिएको छ ।
आयाक्समा सात वर्ष बिताएर ओनाना सन् २०२२ को जुलाईमा इन्टर मिलान पुगेका थिए । उनले इन्टर तेस्रो हुँदा सिरिए ए का २४ खेलमा आठ वटा क्लीन सिट राख्न सफल भएका थिए । च्याम्पियन्स लिगमा गत सिजन उनले १३ खेलमा ८ क्लीन सिट राखेका थिए, यो प्रतियोगिताका लागि रेकर्ड पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण