बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ट्रु–मीका उत्पादन अब नेपाली बजारमा

मङ्गलबार, ०२ साउन २०८०, १३ : २१
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । अमेरिकी प्रविधिबाट उत्पादित ट्रु–मीका उत्पादन नेपाली बजारमा आधिकारिक रूपमा बिक्री वितरण प्रारम्भ भएको छ  । 

काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका  अध्यक्ष सुशान्त मुरारकाले ट्रु–मीका विभिन्न उत्पादनहरूको औपचारिक सार्वजनिक गरेका हुन् । आजबाटै देशभरि बिक्री वितरण प्रारम्भ हुने जानकारी नेपालका लागि कारोबारको आधिकारिता पाएको कम्पनी ट्रु ड्रमा एसए प्रा.लिका अध्यक्षले जानकारी गराए । नेपालमा ट्रु ड्रमाका विभिन्न उत्पादनहरू बिक्री गर्दै आएको कम्पनीले आजबाट औपचारिक रूपमा ट्रु–मीका उत्पादन समेत बिक्री वितरण सुरु गरेको कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले जानकारी दिए ।  

नायिका स्वस्तिमा खड्काले ट्रु ड्रमाले उत्पादन गरेका सामाग्री गुणस्तरीय हुने र अमेरिकन प्रविधिबाट उत्पादित ट्रु मीका विभिन्न उत्पादनहरू समेत गुणस्तरीय  र प्रभावकारी हुने भएकाले यो ब्रान्डसँग आफू जोडिएको बताइन् । कार्यक्रममा बोल्दै ट्रु–मीका उत्पादनका लागि ब्राण्ड एम्बेस्डर तथा सिनियर ब्युटी स्पेसलिस्ट रुश्का वैद्य श्रेष्ठले भनिन्, ‘क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामाग्रीबाट उत्पादन भएको तथा छाला विशेषज्ञले समेत सिफारिस गरेको उत्पादन भएकोले ट्रुमीका उत्पादनमा विश्वसनीयता निहित छ । यी सामग्रीमा कुनै हानिकारक तथा रसायन पदार्थ समेत नरहेकोले सबैले प्रयोग गर्न उपयुक्त छन् ।’ 

नेपाली बजारमा आधिकारिक रूपमा १७ प्रकारका  ट्रु–मीका हेयर–केयरका उत्पादन उपलब्ध हुनेछन् । बजारमा उपलब्ध सामग्रीहरूमा क्रेराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, क्रेराटिन हेयर स्ट्रेट्रिङ्क, हेयर ब्लीज पाउडर, डेपल्पर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्स उपलब्ध रहेका छन् । त्यसैगरी, गोल्ड एन्ड हनी कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क),  ओवाटोन पपया कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क),  मिक्स फ्रुट्स कलेक्सन (फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), डायमन कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल कृम, फेस जेल, फेस क्लजीङ मिल्क), स्किन ह्वाईटनिङ्ग प्रोड्क्ट ( फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क) र रोज फेस टोनर लगायत कस्मेटिक उत्पादनहरू छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप