बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

गगन थापाको प्रस्ताव : केन्द्रीय समितिका २ वटा बैठक काठमाडौँ बाहिर

मङ्गलबार, ०२ साउन २०८०, १४ : ५५
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी एक वर्षमा बस्ने ६ वटा केन्द्रीय कार्यसमितिका बैठकमध्ये २ वटा काठमाडौँ उपत्यकाबाहिर बस्ने प्रस्ताव पेश गरेका छन् । 

कांग्रेसको विधानतः प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्नेछ । जारी केन्द्रीय समिति बैठकमा सोही व्यवस्थाअनुसार आगामी ६ वटा बैठकको मिति प्रस्ताव गर्दै महामन्त्री थापाले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गर्दै वर्षमा दुई वटा बैठक काठमाडौँ उपत्यका बाहिर बस्नेगरी प्रस्ताव गरेका हुन् ।

बैठकमा महामन्त्री थापाले कांग्रेसले आगामी एक वर्षमा गर्नुपर्ने कामहरुबारेको विस्तृत प्रतिवेदन पेश गर्दै आगामी मंसिरबाट घरघरमा कांग्रेस अभियानसहित पार्टी स्थापना दिवसका दिन देशभरका सबै वडामा सामाजिक कार्यक्रम गर्ने पनि प्रस्ताव गरेका छन् ।

त्यस्तै महामन्त्री थापाको प्रस्तावमा आगामी एक वर्षमा ५ देखि ७ लाख नयाँ सदस्य बनाउने महत्वकांक्षी योजना समेत समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप