गगन थापाको प्रस्ताव : केन्द्रीय समितिका २ वटा बैठक काठमाडौँ बाहिर
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी एक वर्षमा बस्ने ६ वटा केन्द्रीय कार्यसमितिका बैठकमध्ये २ वटा काठमाडौँ उपत्यकाबाहिर बस्ने प्रस्ताव पेश गरेका छन् ।
कांग्रेसको विधानतः प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्नेछ । जारी केन्द्रीय समिति बैठकमा सोही व्यवस्थाअनुसार आगामी ६ वटा बैठकको मिति प्रस्ताव गर्दै महामन्त्री थापाले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गर्दै वर्षमा दुई वटा बैठक काठमाडौँ उपत्यका बाहिर बस्नेगरी प्रस्ताव गरेका हुन् ।
बैठकमा महामन्त्री थापाले कांग्रेसले आगामी एक वर्षमा गर्नुपर्ने कामहरुबारेको विस्तृत प्रतिवेदन पेश गर्दै आगामी मंसिरबाट घरघरमा कांग्रेस अभियानसहित पार्टी स्थापना दिवसका दिन देशभरका सबै वडामा सामाजिक कार्यक्रम गर्ने पनि प्रस्ताव गरेका छन् ।
त्यस्तै महामन्त्री थापाको प्रस्तावमा आगामी एक वर्षमा ५ देखि ७ लाख नयाँ सदस्य बनाउने महत्वकांक्षी योजना समेत समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण