आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रोयल इन्फिल्डको आक्रामक व्यापारमा त्रिवेणी ग्रुप (भिडियो)

मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । रोयल इन्फिल्डको ब्यापारमा त्रिवेणी ग्रुप आक्रामक देखिएको छ । यस अघिको वितरक एमभी दुगड ग्रुपबाट विश्व प्रतिष्ठित ब्राण्ड ‘रोयल इन्फिल्ड’ पाएसँगै कम्पनी व्यवसायिक बजार विस्तारमा आक्रामक देखिएको हो । 

८ मे, २०२३ मा नेपालका लागि रोयल इनफिल्डको आधिकारिक बिक्रेता त्रिवेणी ग्रुप घोषणा भएको हो । यो सँगै रोयल इन्फिल्ड ब्राण्डलाई त्रिवेणी ग्रुपअन्तर्गत रहेको अल्फा अटोमोटिभ प्रालिले हेर्ने भएको छ । 

360947861_2398211087026450_3866474075169730881_n

प्रतिष्ठित ब्राण्ड हात लागेसँगै कम्पनीले देशको पूर्वदेखि पश्चिम सम्मका मुख्य मुख्य सहरलाई टार्गेट गरेर बजार विस्तारमा केन्द्रित भएको छ । 

यसले पूर्वको विर्तामोड, विराटनगर, राजविराज, लहान, वीरगञ्ज, हेटौंडा, काठमाडौं, भक्तपुर, पोखरा, स्याङ्जा, बागलुङ, दमौली, भैरहवा, कपिलवस्तु, नेपालगञ्ज, गुलरिया, टीकापुर, धनगढी लगायतका १८ वटा जिल्लामा बजार विस्तार गरेको छ । 

सँगै कम्पनीले ब्राण्डको लोकप्रिय मोडल रोयल इन्फिल्ड क्लासिक ३५० को नयाँ भर्सन एफआई इन्जिनमा समेत बुलेट बजारमा उतारेको छ । यसले निकै लोकप्रियता हासिल गरिरहेको कम्पनीको दावी छ । 

361667555_6368042869911377_2120582905317591968_n

क्लासिक ३५० एफआईले युवाहरुको रोयल इन्फिल्डमा एफआईको चाहनासमेत पुरा गरेको काठमाडौं कोटेश्वरस्थित बालकुमारी शो रुमका सेल्स कन्सल्टेन्ट आदित्यराज परियार बताउँछन् । 

झण्डै १२० वर्षदेखि निरन्तर बजारमा रहेको रोयल इन्फिल्ड ब्राण्डको स्क्याम ४११, नयाँ जेनेरेसन बुलेट, नयाँ जेनेरेसन क्लासिक ३५०, हिमालयन जस्ता मोडल बजारमा उपलब्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया