कांग्रेसको १२ महिने क्यालेन्डर : टोलटोलमा कांग्रेसदेखि एक महिना ‘छुट्टी’सम्म
काठमाडौँ । नेपाली कांग्रेसले मासिक क्यालेन्डरसहितको १२ महिने कार्यक्रम प्रस्ताव गरेको छ ।
मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले ‘विधान कार्यान्वयन र पार्टीको सुदृढीकरण सन्दर्भमा’ शीर्षकमा कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न पार्टीको १२ महिने कार्यक्रम समेत प्रस्ताव गरेका हुन् ।
जसमा थापाले असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश गरेका छन् । उनले अरु ११ महिनामा भने पार्टी नेता तथा कार्यकर्ताहरु पार्टी काममा लाग्नुपर्ने तालिका पेश गरेका हुन् । असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उनले पार्टी नेता, कार्यकर्ताहरुले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताए । त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद्हरुको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ ।
यस्तै साउन महिनामा ‘रुख रोपौँ अभियान सञ्चालन गर्ने, युवासँग सम्बन्धित कार्यक्रम गर्ने, भदौ महिनामा अभियानात्मक कार्यक्रम गर्ने, मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने क्यालेन्डर प्रस्ताव गरिएको छ ।
असोजमा क्षेत्रीय सभापतिहरुसँग बैठक गर्ने, कात्तिकमा चियापान कार्यक्रम गर्ने, अर्थनीतिसम्बन्धी कार्यक्रम गर्ने, मंसिरमा महिला हिंसाविरुद्धको कार्यक्रम गर्ने, पुसमा विभिन्न राजनीतिक दललाई आमन्त्रण गरेर कार्यक्रम गर्ने, प्रदेश सांसदहरुसँग बैठक गर्ने प्रस्ताव गरिएको छ ।
यसैगरी माघमा टोलटोलमा कांग्रेस कार्यक्रम सञ्चालन गर्ने, फागुनमा खेलकुद सप्ताह, चैतमा देशैभरि शान्ति पदयात्रा गर्ने, वैशाखमा जिल्ला सभापतिहरुसँग बैठक गर्ने, जेठमा पनि विभिन्न कार्यक्रम गर्नेगरी क्यालेन्डर बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण