उपप्रधानमन्त्री खड्काले भने–राष्ट्रपति पाउने भएपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियौँ
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएबापत कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरेका छन् ।
मंगलवारदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उपप्रधानमन्त्री खड्काले कांग्रेसले राष्ट्रपति पाउने शर्तमा प्रधानमन्त्री प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिइएको बताएका हुन् । एमाले–माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डलाई प्रमुख प्रतिपक्ष दल कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।
उपप्रधानमन्त्री खड्काले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कांग्रेसलाई दिने प्रतिबद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको स्पष्ट पारे । कांग्रेसले विश्वासको मत दिएसँगै आफूहरुबिचको गठबन्धन पुनः स्थापित हुने वातावरण बनेको र अहिले कांग्रेस सरकारमा पुगेको उल्लेख गरे ।
उपप्रधानमन्त्री खड्काले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्नेखालको काम गर्नुपर्नेमा जोड दिए । उनले जनताको अपेक्षा पनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै आफूहरुले हालसम्म कुनै गल्ती र कमजोरी नगरेको बताए ।
उपप्रधानमन्त्री खड्काले सरकारले गर्नुपर्ने कामको सम्बन्धमा केन्द्रीय समितिले ध्यानाकर्षण, सुझाव तथा निर्देशन दिने विश्वास पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको भनाइबारे एमालेले माग्यो जवाफ
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण