बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सिटीइभिटीले वृद्धि गरेको शुल्क तत्काल खारेज गर्न डा.केसीको माग

मङ्गलबार, ०२ साउन २०८०, १७ : ५९
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । प्रा.डा.गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)ले वृद्धि गरेको शुल्क तत्काल खारेज गर्न माग गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै डा. केसीले सिटीइभिटीले स्वास्थ्य अध्ययन अन्तर्गत प्रमाणपत्र तहका कार्यक्रममा वृद्धि गरेको शुल्क तत्काल खारेज गर्न माग गरेका हुन् ।

‘शुल्क बढाउने निर्णय तत्काल खारेज गर्न तथा यस अगाडि हामीसँग भएका सम्झौता कार्यान्वयन गर्न र हामीले राखेका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौं । त्यसो नभएमा कुनै पनि बेला कडा आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने हुनेगछौँ,’ केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिटीइभिटीले पिसिएल नर्सिङमा ६ लाख २४ हजार २३० रुपैयाँ, सामान्य चिकित्सा (एचए)मा ५ लाख २३ हजार ८२० रुपैयाँ र फार्मेसीमा ४ लाख २३ हजार ६६० रुपैयाँ शुल्क तोकेको छ ।

चिकित्सा शिक्षा आयोग बनिसकेको अवस्थामा आयोगको परामर्शबिना सिटिइभिटीले यस्तो निर्णय गर्नु गलत भएको डा केसीले बताएका छन् ।

सिटिइभिटीले नर्सिङ लगायतका विषयमा चर्को शुल्क बढाएको प्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप