सिटीइभिटीले वृद्धि गरेको शुल्क तत्काल खारेज गर्न डा.केसीको माग
काठमाडौँ । प्रा.डा.गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)ले वृद्धि गरेको शुल्क तत्काल खारेज गर्न माग गरेका छन् ।
मंगलबार विज्ञप्ति जारी गर्दै डा. केसीले सिटीइभिटीले स्वास्थ्य अध्ययन अन्तर्गत प्रमाणपत्र तहका कार्यक्रममा वृद्धि गरेको शुल्क तत्काल खारेज गर्न माग गरेका हुन् ।
‘शुल्क बढाउने निर्णय तत्काल खारेज गर्न तथा यस अगाडि हामीसँग भएका सम्झौता कार्यान्वयन गर्न र हामीले राखेका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौं । त्यसो नभएमा कुनै पनि बेला कडा आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने हुनेगछौँ,’ केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिटीइभिटीले पिसिएल नर्सिङमा ६ लाख २४ हजार २३० रुपैयाँ, सामान्य चिकित्सा (एचए)मा ५ लाख २३ हजार ८२० रुपैयाँ र फार्मेसीमा ४ लाख २३ हजार ६६० रुपैयाँ शुल्क तोकेको छ ।
चिकित्सा शिक्षा आयोग बनिसकेको अवस्थामा आयोगको परामर्शबिना सिटिइभिटीले यस्तो निर्णय गर्नु गलत भएको डा केसीले बताएका छन् ।
सिटिइभिटीले नर्सिङ लगायतका विषयमा चर्को शुल्क बढाएको प्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण