‘हामी तीन भाइ’मा लक्ष्मीको इन्ट्री
काठमाडौँ । फिल्म ‘हामी तीन भाइ’मा रुपमा अभिनेत्री लक्ष्मी बर्देवा भित्रिएकी छन् । फिल्मको मुख्य अभिनेत्रीको निर्माण युनिटले बुधबार उनलाई फिल्ममा प्रवेश गराएको हो ।
मधुसुदन भट्टराईको निर्देशन रहने फिल्को केही दिन अगाडि गोर्खाको मनकामना मन्दिर शुभमुर्हूत गरिएको थियो । फिल्मको छायांकन साउन १० गतेबाट सुरु हुँदैछ ।
फिल्ममा लक्ष्मीको अलवा विनोद न्यौपाने, कुशल विष्ट, जाहान्वी बस्नेत, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा हर्के हवल्दार, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवनकुमार काफ्ले, नयन कला फुयाँल र पवन केसी कलाकारको रुपमा रहनेछन् । निर्देशक भट्टराईको कथा रहेको फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
यसअघि स्वर्गीय निर्देशक शिव रेग्मीले ‘हामी तीन भाइ’ नामबाट फिल्म बनाएका थिए । प्रसिद्ध सिने आर्टस्को ब्यानरमा निर्माण हुने फिल्मको कार्यकारी निर्माता विक्रम तामाङ हुन् । त्रिरत्न श्रेष्ठ निर्माता रहेको फिल्मको सह–निर्मातामा प्रतिमा थापा पोखरेल, भक्तलाल श्रेष्ठ विशेष सहयोगीमा शम्भुकुमार केसी र मनोज श्रेष्ठ रहेका छन् ।
शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत फिल्ममा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण