बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

ललिता निवास प्रकरण : सुनुवाइ नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा

बुधबार, ०३ साउन २०८०, १६ : ३८
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ बुधबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी बिहीबारका लागि पेशी तोकिएको हो । 

ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बुधबार बहस हुँदाहुँदै समय सकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । 

उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।

थुनामा रहेकाहरूले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि भ्याकेट निवेदन लिई पक्राउ नगर्न अन्तरिम आदेश लिएका १७ जना आरोपीविरुद्ध सर्वोच्च अदालत पुगेको थियो । सबै रिट र निवेदनलाई  एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप