सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

साँघुरो र जीर्ण सडकले मकवानपुरमा दुर्घटनाको जोखिम बढ्दो

बुधबार, ०३ साउन २०८०, १८ : ५८
बुधबार, ०३ साउन २०८०

मनहरी । मकवानपुरमा दैनिक रुपमा सवारी दुर्घटना बढिरहेको छ । साँघुरो बाटो र जीर्ण सडकका कारण अधिकांश दुर्घटना हुने गरेको यातायात व्यवसायीको भनाइ छ । 

जिल्ला ट्राफिक कार्यालय मकवानपुरका अनुसार गत आर्थिक वर्षमा मात्रै मकवानपुरका सडकखण्डमा तीन सय ६३ सवारी दुर्घटना भएका छन् । गत वर्ष जिल्लामा सवारी दुर्घटनाबाट ६१ ज्नाले ज्यान गुमाएका छन् । एक सय ८७ मोटरसाइकल, जीप/कार ५१, ट्र्याक्टर ४८, यात्रु बहाक बस ३३, टेम्पो १६, टिपर, माइक्रो, साना सवारी साधनलगायत २८ वटा गरी तीन सय ८७ सवारी साधन दुर्घटनामा परेका जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए ।  

उनका अनुसार सवारीसाधन दुर्घटनामा परी दुई सय पाँचजना गम्भीर घाइते भएका छन् भने तीन सय ६५ जना सामान्य घाइते भएका छन् । गत आवमा सवारी दुर्घटना परेर रु दुई करोड ५७ लाख ७६ हजार बराबर सवारी साधनको क्षति भएको प्रमुख आचार्यले बताए । 

दुर्घटना हुने सवारीको स्थिति हेर्दा तीव्रगतिमा एक सय ४१ सवारीसाधन, यान्त्रिक गडबढमा ५० सवारी साधन, चालकको लापरबाहीबाट १४ सवारी साधन, ओभरटेक गर्ने आठ सवारी साधन र मापसेबाट १२ सवारी साधन दुर्घटना भएको उनको भनाइ थियो ।

जिल्ला ट्राफिक कार्यालय मकवानपुरका अनुसार चालकको लापरबाही, ओभरटेक, तिव्रगती, मोबाइल फोन तथा सवारीको यान्त्रिक गडबढीले गर्दा दुर्घटना बढेको बताइएको छ । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिकासँग जोडिएको यस सडकखण्डमा मात्र गत आवमा ९० वटा सवारी दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए भने दुई सय ९० जना घाइते भएका छन् । 

पूर्व–पश्चिम रामजमार्गको हेटौँडा खण्ड साँघुरो र जीर्ण सडकले दुर्घटनाको जोखिम बढेको छ । राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिका पर्दछन् । सडक खण्डको करिब २५ किलोमिटर क्षेत्र हेटौँडामा पर्दछ भने १५ किलोमिटर मनहरि गाउँपालिकाभित्र पर्दछ । दक्षिण तर्फबाट बाराको अम्लेखगंज हुँदै हेटौँडा–१५ चुरियामाईबाट यो सडक मकवानपुर प्रवेश गर्दछ भने पश्चिम तर्फबाट लोथर पुलसम्म पुगेर सिमा समाप्त हुन्छ । लोथर पुल कटेर पूर्व पश्चिम राजमार्ग सडक चितवन प्रवेश गर्दछ । मकवानपुरतर्फ भने सडक साँघुरो अवस्थामा रहेको र हालसम्म विस्तार हुन सकेको छैन । 

दैनिक हजारौँ सवारीसाधन र बढ्दो जनसङ्ख्याको चापका कारण हेटौँडा बजार अव्यवस्थित बनेको स्थानीय बताउँछन् । करिब दश वर्षदेखि मालबहाक सवारी चलाउँदै आएका हेटौँडा–६ का कमल काफ्लेले साँघुरो सडकका कारण सवारी दुर्घटना बढेको बताए । निर्बाध रुपमा चल्ने भारती सवारी साधनका कारण पनि जोखिम बढिरहेको उनको भनाइ थियो ।

राजमार्गमा जथाभाबी रुपमा चलेका साना सवारी अटो रिकसा तथा मयुरीका कारण सवारी चाप बढ्दा दुर्घटनाको जोखिम बढ्दो अवस्थामा रहेको काफ्लेले बताए । ओभरटेक, तिव्रगतिलगायत दुर्घटनाका प्रमुख कारण रहेको उनको भनाइ थियो ।

पूर्वतर्फ भारतीय नाकाबाट आयात हुने सामग्री क्षमताभन्दा बढी लोड गरी सवारी साधनमा ढुवानी गर्दा सडक जीर्ण बन्दै गएको हेटौँडा उपमहानगरपाीलकाका उपप्रमुख राजेश बानियाँले बताए । यस सडक भएर सञ्चालन हुने अधिकांश सवारी साधनले उच्च भार बोक्ने गर्नाले पनि सडकको एकतर्फी भाग दबिएर गएको उनले जानकारी दिए । 

हेटौँडा–१५ रातोमाटदेखि बजार क्षेत्र एचआइडी, थानाभर्याङ, बस्तीपुर क्षेत्रमा अव्यवस्थीत रुपमा ठूला सवारी जथाभाबी रुपमा पार्र्किङ गर्ने गरिएकाले पनि दुर्घटनाको जोखिम बढेको बानियाँले बताए । “मुख्यगरी सडकनै साँघुरो भएकाले उपमहानगरले दायाँबायाँ २५–२५ मिटर विस्तार तयारी गरिएको छ”, उनले भने ।

सडक खण्डमा अधिकांश दुर्घटना मुख्य बजार क्षेत्र भन्दा बाहिर हुने गरेको प्रहरीले जनाएको छ । यस खण्डअन्तर्गत पर्ने हेटाँंैडा बजार क्षेत्रमा गत आवमा सवारी दुर्घटनामा परी एक जनाले ज्यान गुमाएका थिए भने ३९ जना घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । सो अवघिमा हेटाँैंडा बजार क्षेत्रमा २८ वटा सवारी दुर्घटना भएका थिए । 

यस्तै धरान–चतरा सडक खण्डअन्तर्गत ५२ सवारी दुर्घटना भएकामा १५ जनाले ज्यान गुमाएका छन् भने एक सय पाँचजना घाइते भएका थिए । यस सडकखण्ड अन्तर्गत हेटाँैडा उपमहानगरपालिका, बकैया गाउँपालिका र बागमती गाउँपालिका पर्दछन् । 

त्यस्तै, कान्तिराजपथ राजमार्गअन्तर्गत गत आर्थिक वर्षमा नौ वटा सवारी दुर्घटना भएकामा एक जनाको ज्यान गएको र १९ जना घाइते भएका तथ्याङ्क छ । यस सडकखण्डअन्तर्गत भीमफेदी, मकवानपुरगढी, बकैया गाउँपालिका पर्दछन् । 

भीमफेदी पालुङ सडकखण्ड पनि जोखिम क्षेत्र अन्तर्गत पर्ने देखिएको छ । यस क्षेत्रमा गत आवमा १९ सवारी दुर्घटना भएका छन् । जसमा तीन जनाले ज्यान गुमाएका थिए भने ४९ जना घाइते भएका तथ्याङ्क छ । भैँसे–सिस्नेरी सडकखण्डअन्तर्गत गत आवमा १७ वटा सवारी दुर्घटनामा नौ जनाको ज्यान गएको छ, भने ६६ जना घाइते भएका थिए । 

भैँसे–फाखेल सडकअन्तर्गत गत आवमा नौ वटा सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए भने ३५ जना घाइते भएका थिए । योसँगै बाहिरी सडकखण्ड विभिन्न गाउँपालिकामा १७ वटा सवारी दुर्घटनामा सात जनाले ज्यान गुमाए भने २४ जना घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप