जनअपेक्षा अनुरूप सेवा प्रवाह थप प्रभावकारी बनाउन जरुरी : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनताको अपेक्षा अनुसार सेवा प्रवाहको कामलाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् ।
उपराष्ट्रपति यादवले नेपालका प्रशासन, व्यवस्थापन र कर्मचारी संयन्त्रमा सुनिने गरिएका गुनासो, विकृति, विसंगतिको अन्त्यका लागि पनि जनमुखी सेवा प्रवाहको कामलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
नेपाल जन–प्रशासन संघले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पका साथ अघि बढ्नु पर्ने समेत स्पष्ट पारे ।
मुलुक डिजिटल युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले सोही अनुरुपको जनशक्ति परिचालन गर्दै आफ्नो सेवा प्रवाहलाई थप सुदृढ, परिष्कृत, परिमार्जन अघि बढ्नै पर्नेतर्फ पनि तीन वटै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले जनताको सेवा प्रवाहको कामलाई सहज, सरल, प्रभावकारी र पारदर्शी बनाउन पनि नेपाल जन प्रशासन संघले उनीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक प्रशिक्षणको व्यवस्था गर्नुपर्ने बताए ।
उपराष्ट्रपति यादवले मुलुकमा सदाचार, इमान्दारिता, जबाफदेहिता, पारदर्शिता अभिवृद्धि गर्नका लागि नेपाल जन प्रशासन संघले पैरवी र वकालतको कामलाई पनि तीव्रता दिने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा मुलुकको प्रशासन र व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकाहरुलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण