यस्तो छ इटालीमा प्रधानमन्त्रीको कार्यक्रम, को–को छन् भ्रमण टोलीमा ?
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा २४ देखि २६ जुलाई (साउन ८–१०) सम्म हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यससम्बन्धी निर्णय गरेसँगै परराष्ट्र मन्त्रालयले भ्रमणबारे थप जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू भ्रमण टोलीमा सहभागी हुनेछन् ।
प्रधानमन्त्रीले २४ जुलाईमा सम्मेलनको आधिकारिक उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमको क्रममा प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्ष (डब्लुएफपी)लगायत उच्च तहका विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यो बीचमा प्रधानमन्त्री गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने तय भएको छ । सो क्रममा उनले इटालीमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् ।
प्रधानमन्त्री इटाली भ्रमण सकेर साउन १२ गते स्वदेश फर्किनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण