बक्सिङमा अवाले निर्विरोध
काठमाडौँ । नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा निर्वाचनले दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङका रजत पदक विजेता राम अवालेलाई बुधबार अध्यक्षमा निर्विरोध चयन गरेको छ । पोखरामा सम्पन्न साधारण सभाले अवालेको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन ग¥यो ।
वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी, उपाध्यक्षमा भोजराज सिटौला, गणेशबहादुर भट्टराई, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरी, महासचिवमा मानबहादुर भण्डारी, सचिवमा पुष्करराज पन्त तथा कोषाध्यक्षमा गौतम सुजखु रहेका छन् ।
सदस्यमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङतान, रेखा थापा मगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, सञ्जयकुमार पासवान र समरजंगबहादुर चन्द चुनिए ।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण