सुन बरामद
त्रिभुवन विमानस्थलबाट करिब ८० देखि १०० किलो सुन बरामद
बुधबार, ०३ साउन २०८०, २१ : ५१
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल हाराहारीमा सुन बरामद भएको छ । हङकङबाट ल्याइएको अवैध सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको महानिर्देशक नवराज ढुंगानाले पुष्टि गरे ।
‘क्याथे प्यासिफिकको प्लाइटमार्फत आएको उक्त सुन करिब ८० देखि १०० किलोको हाराहारीमा रहेको छ । हामी अहिले अपरेशनमै छौँ’, उनले भने । विशेष सूचनाका आधारमा राजश्वको टोली विमानस्थल भन्सारमा छापा हान्न पुगेको बताइएको छ ।
सो क्रममा स्कुटर र मोटरसाइकलको ब्रेक सुमा भित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको हो । सुन कसको हो भन्नेबारे खुल्न सकेको छैन भने यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।
बरामद भएको सुन हालसम्मकै तस्करीको अवैध सुनमध्येकै सर्वाधिक भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण