सुन बरामद
करिब १०० किलो सुन हिजो आएको थियो हङकङबाट
राजश्वका डिजी भन्छन्– ‘सुन ल्याउनेहरु भेटिएका छैनन्’
बुधबार, ०३ साउन २०८०, २२ : ३४
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ८० देखि १ सय किलो सुन मंगलबार नै हङकङबाट आएको थाहा भएको छ । क्याफे प्यासिफिको उडानबाट तस्करले भन्सारको सामान बनाएर सुन ल्याएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले रातोपाटीलाई बताए ।
भन्सारको गेट पास भैसकेको अवस्थामा राजश्वको टोलीले छापा मारेर सुन बरामद गर्न सफल भएको छ । सुन बरामद भएपनि सुन ल्याउनेहरु नभेटिएको महानिर्देशक ढुंगानाले बताए । उनले भने–‘सुन बरामद गरेको कुरा छिट्टै फैलियो, मानिस पक्राउ गर्न सकेका छैनौं ।’
मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ मा छिपाएर सो सुन काठमाडौं ल्याइएको थियो । सुन आएकोबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालय र विमानस्थल सुरक्षा कार्यालय बेखबर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण