स्थानीय तहले दिगो विकासलाई प्राथमिकता दिनुपर्छ : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले स्थानीय तहले दिगो विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । टोखा नगरपालिका वडा नं ६ को वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उनले स्थानीय तहले ५०औँ वर्षलाई सोचविचार गरेर विकासको खाका अगाडि सार्नुपर्ने बताए । “काठमाडौँभित्रको विकास झारा टार्ने खालको हुँदै गएको छ, यसलाई अन्त्य गरी दिगो विकासको अवधारणालाई अगाडि बढाउनुपर्छ”, उनले भने ।
काठमाडौँ क्षेत्र नं ५ का सांसद पौडेलले मेलम्ची खानेपानी आयोजना तलमाथि नभए एक वर्षभित्र काठमाडौँभित्र खानेपानीको समस्या समाधान हुने बताए । उनले टोखा वडा नं ६ को खानेपानी समस्या समाधान गर्नका लागि रु एक करोड १५ लाखमा डिपबोरिङ निर्माण गर्न लागिएको उल्लेख गरे ।
“काठमाडौँको उत्तरी क्षेत्र टोखा र बूढानीलकण्ठ नगरपालिकाभित्र खानेपानीको समस्या समाधानका लागि शिवपुरी जलाधार क्षेत्रमा भएका पानीका मुहानलाई चण्डेश्वरी र मुहानपोखरीमा सङ्कलन गरेर वितरण गर्न म लागिपरेको छु”, उनले भने, “उक्त कार्यका लागि काठमाडौँ क्षेत्र नं ४ र ६ का सांसदहरूसँग समेत छलफल भइरहेको छ ।”
प्रतिनिधिसभा सदस्य पौडेलले सबै प्रशासनलाई मितव्ययी अपनाएर सञ्चालन गर्ने परिपाटीको विकास गर्नुपर्ने बताए । स्थानीय तहले असारे विकास अन्त्य गर्नुपर्ने र सार्वजनिक जग्गाको संरक्षणका लागि स्थानीय तहले नै तारजाली लगाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नयाँ भवनबाट गुणस्तरीय सेवा सरल ढङ्गले प्रवाह हुने विश्वास व्यक्त गरे । उनले जनताको सेवामा सधैँ टोखा नगरपालिका कटिबद्ध भएर लाग्ने विश्वाससमेत दिलाए । “वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्यसम्पादन व्यवस्थित हुन सक्दैन”, उनले भने ।
कार्यक्रममा टोखा नगरपालिका–६ की वडाध्यक्ष शान्ता खनाल पौडेलले नयाँ कार्यालय भवन निर्माणसँगै वडावासीलाई सहज ढङ्गले सेवा प्रवाह गर्न सकिने विश्वास व्यक्त गरिन् । उनले वडा कार्यालय भवन निर्माणमा सहयोग र समन्वय
गर्ने सबैलाई धन्यवादसमेत दिइन् । टोखा नगरपालिकाको रु दुई करोड २९ लाख ३८ हजारमा लागतमा उक्त भवन निर्माण गरिएको थियो । उक्त भवन विसं २०७८ साउन २२ गते शिलान्यास भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण