सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चालाई कथा किन सुनाउने ? व्यक्तित्व विकासमा कसरी गर्छ काम, यस्ता छन् पाँच फाइदा

बिहीबार, ०४ साउन २०८०, १० : ०८
बिहीबार, ०४ साउन २०८०

पहिला संयुक्त परिवार हुन्थ्यो । बच्चाहरू हजुरबुवा–हजुरआमाको कथा सुनेर हुर्कन्थे । तर अहिले परिवार एकल भएको छ । आमाबुवा र छोराछोरी मात्रै हुने यस्तो परिवारमा सबै जना व्यस्त हुन्छन् । बालबच्चालाई दिने समय नै छैन । कथा भनेर बच्चालाई सुनाउने फुर्सद झन् के को हुनु ? तर हजुरबुवा–हजुरआमाको कथा कहानीले बच्चाको जीवन फेरिन्छ भनेर यसै भनिएको होइन । 

आजकालको यो भागदौडयुक्त जीवनमा आफ्नो बच्चाको लागि केही समय त तपाईंले छुट्टाउनै पर्छ । विशेषज्ञले दिनको कम्तीमा २० मिनेट बच्चालाई कथा सुनाउन सुझाव दिन्छन् । आज हामी तपाईंलाई बच्चालाई कथा सुनाउनुका फाइदाबारे जानकारी दिँदै छौँ । 

story timeकथाले बच्चाको संसारलाई उडान दिन्छ । कथामार्फत उनीहरू सोच्छन्, महसुस गर्छन् र समस्याहरू समाधान गर्न सिक्छन् । कथाले उनीहरूलाई डरसँग अघि बढ्न र जित्न हौसला दिन्छ । कथाले उनीहरूलाई आफ्नै सुन्दर संसार सिर्जना गर्न रचनात्मकता दिन्छ । यही कारणले गर्दा कथालाई बालबालिकाको सर्वाङ्गीण विकाससँग सम्बन्धित मानिन्छ ।

राइजिङचिल्ड्रेनका अनुसार, जब तपाईं बच्चाका लागि किताब पढ्नुहुन्छ वा बच्चालाई कथा सुनाउनुहुन्छ, उनीहरूको भाषा समृद्ध हुन्छ । उनीहरू आफ्ना भावनाहरूलाई राम्रो तरिकाले व्यक्त गर्न सिक्न थाल्छन् । उनीहरूको वाक्य रचना, शब्द छनोट आदि बढ्छ । यसरी, कथा सुनाउँदा उनीहरूको सञ्चार कौशल बढ्छ, त्यसैले पनि आफ्ना बालबच्चाका लागि दैनिक पुस्तक पढ्नुहोस् ।

story time3कथाले बालबालिकालाई कल्पनाशील बनाउँछ । केटाकेटीहरू कथाबाट सिर्जनात्मक हुन्छन् । कथामा हराएर, उनीहरू ती पात्रको कल्पना गर्छन्, त्यो परिवेशको कल्पना गर्छन् । ती परिस्थितिमा उनीहरू आफूलाई महसुस गर्छन् र यसरी उनीहरूले समस्याहरू समाधान गर्न पनि सिक्छन् ।

story time1कथा सुन्दा बालबालिकाको संज्ञानात्मक विकासमा पनि सहयोग पुग्छ । जसका कारण उनीहरूमा ध्यान, स्मरणशक्ति, तर्क जस्ता गुण बढ्छ । कथाको ढाँचा र यसको लय पछ्याउँदा उनीलाई धैर्य गर्न मद्दत गर्दछ । उनीहरूको सोच्ने क्षमतालाई पनि प्रोत्साहन गर्छ । यस्तै, उनीहरूमा संस्कृति र नैतिक मूल्य बढ्छ ।

story time4कहानी र बालबालिकाको भावनात्मक विकासबीच पनि गहिरो सम्बन्ध हुन्छ । कथाले बच्चालाई नैतिक पाठ सिकाउँछ र हामीले यी कुराहरू सिकाउन व्याख्यान दिइराख्नु पर्दैन । यी कथाले उनीहरूमा जटिल भावनाहरू बुझ्ने समझ पनि जगाउँछन् । उनीहरू अरूप्रति दयालु, इमानदार र सहानुभूति दर्साउने खालका हुन्छन् ।

जब बच्चा कहानी सुन्छन् र त्यो कहानीमा चर्चा गर्छन् तब उनीहरूमा सुन्ने, स्मरण गर्ने र पात्रमाथि केन्द्रित गर्न पनि मद्दत मिल्छ । यति मात्रै होइन, खाली समयमा आफैँ पढ्ने कोसिस पनि गर्छन् । यसले स्क्रिन टाइमबाट पनि छुटकारा दिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप