शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग

बिहीबार, ०४ साउन २०८०, १३ : ४७
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालालाई वरिष्ठ नेताको पदमा राख्न माग भएको छ । तेस्रो दिन आज जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य डा.मोहनचन्द्र यादवले कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् । 

‘पार्टीमा वरिष्ठ नेताको पद राखिएको छ । हाम्रा श्रदेय नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यो केही दिनदेखि रिक्त छ,’ उनले भने ।

कांग्रेसको परम्परा अनुसार नेतृत्वको मुख्य प्रतिस्पर्धीलाई वरिष्ठ नेताको पद दिने गरिएको उनले बताए ।  ‘हामीले परम्परा अनुसार डा.शेखर कोइरालालाई वरिष्ठ नेताको पदमा राख्यौं भने पार्टीलाई बल पुग्छ । समन्वय, समझदारी र सहकार्यको अवस्था हुन्छ कि जस्तो मलाई लाग्छ ,’ यादवले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप