शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग
बिहीबार, ०४ साउन २०८०, १३ : ४७
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालालाई वरिष्ठ नेताको पदमा राख्न माग भएको छ । तेस्रो दिन आज जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य डा.मोहनचन्द्र यादवले कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् ।
‘पार्टीमा वरिष्ठ नेताको पद राखिएको छ । हाम्रा श्रदेय नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यो केही दिनदेखि रिक्त छ,’ उनले भने ।
कांग्रेसको परम्परा अनुसार नेतृत्वको मुख्य प्रतिस्पर्धीलाई वरिष्ठ नेताको पद दिने गरिएको उनले बताए । ‘हामीले परम्परा अनुसार डा.शेखर कोइरालालाई वरिष्ठ नेताको पदमा राख्यौं भने पार्टीलाई बल पुग्छ । समन्वय, समझदारी र सहकार्यको अवस्था हुन्छ कि जस्तो मलाई लाग्छ ,’ यादवले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण