सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द
काठमाडौँ । कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गरेको छ। कलाकार समेत रहेका सन्दीप क्षेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रम विवादमा तानिएपछि टेलिभिजनले यस्तो निर्णय लिएको हो ।
कलाकार पल शाहलाई आफ्नो शोमा बोलाएर उनले बलात्कारलाई मजाकको विषय बनाएको आरोप लागेको छ । गत असार २३ गते प्रशारित उक्त शोमा छनोट गरिएका पत्रसँगको संवाद संस्थाको सम्पादकीय नीतिविपरीत रहेको टेलिभिजनले जनाएको छ । सोहीअनुसार उक्त सामग्री युट्युबबाट हटाइएको भन्दै टेलिभिजनले महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमका उत्पादन र प्रशारण पूर्णत रोकिएको जानकारी गराएको छ ।
टेलिभिजनले भनेको छ, ‘गत असार २३, शनिबार प्रसारित “हृवाट द फ्लप” मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं । महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै “हृवाट द फ्लप” कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं ।’
त्यसको सातो चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने पनि टेलिभिजनले जनाएको छ ।
नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई प्रस्तोता सन्दीपले अतिथिको रुपमा बोलाएका थिए । कार्यक्रममा उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको भन्दै आलोचना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण