मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भन्सार नपुगेको २५ वर्ष भयो कुनै कर्मचारीको नाम नै थाहा छैन : मल्होत्रा

बिहीबार, ०४ साउन २०८०, १४ : ३६
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । व्यवसायी दीपक मल्होत्राले भन्सार विभाग र कुनै पनि भन्सार कार्यलय नपुगेको २५ वर्ष भएको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मल्होत्राले विगत २५ वर्षदेखि भन्सार कार्यलयमा नपुगेको बताएका हुन् ।

सोहीकारण, भन्सारमा कार्यरत कोही पनि कर्मचारीलाई आफूले नचिन्ने र नाम समेत जानकारी नरहेको उनको भनाई छ । 

आयोजित पत्रकार सम्मेलनमा उठेको जवाफको प्रश्न दिँदै उनले भने, ‘अहिले मेरो कम्पनीले गर्ने आयात मोबाइल फोन मात्रै हो । यसमा पनि भन्सार एजेन्टले क्लियर गर्छ ।’

यहीकारण भन्सारका कर्मचारीसँग आफ्नो कुनै सम्बन्ध नरहेको मल्होत्राले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप